१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नयाँ वर्षमा बुद्ध एयरको पोखरा–नेपालगञ्ज सिधा उडान

काठमाडौं – बुद्ध एयरले नयाँ वर्ष २०७५ सालदेखि पोखरा–नेपालगञ्ज सिधा हवाई उडान सुरु गर्ने भएको छ।

बुद्ध एयरले आइतबार आउँदो वैशाख १ (१४ अप्रिल)देखि नियमित रुपमा पोखराबाट नेपालगञ्ज तथा नेपालगञ्जबाट पोखरा सिधा उडान भर्ने घोषणा गरेको हो।

यस उडानबाट सर्वसाधारण यात्रुदेखि देशी विदेशी पर्यटकलाई सहज हुने र समय बचत हुने बुद्धको विश्वास छ। साथै बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण/अवलोकन तथा मानसरोवर यात्राको लागि पनि मार्ग प्रशस्त हुने तथा पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्नेछ।

अहिले बुद्ध एयरले पोखराबाट पश्चिमी हिमालको दृश्यावलोकन, भैरहवा र भरतपुरको दैनिक उडान गरिरहेको छ। पोखराबाट भैरहवा र भरतपुरको उडान गएको सेप्टेम्बर महिनामा सुरु भएको थियो।

बुद्ध एयरले देशभित्र १३ गन्तव्य तथा भारतको वाराणसीमा पनि उडान भरिरहेको छ।

प्रकाशित: ३० पुस २०७४ १३:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App