१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अस्थायी मतदाताले प्रदेशसभा सदस्यलार्इ भाेट दिन नपाउनेः निर्वाचन आयोग

काठमाडौं– निर्वाचन आयोगले प्रदेशसभाको निर्वाचनमा अस्थायी मतदाताले मतदान गर्न नपाउने विधेयककाे मस्यौदा तयार गरेको छ।

प्रतिनिधिसभा निर्वाचनमा भने अयोगले अस्थायी मतदाताले पनि मतदान गर्न पाउने प्रावधानको मस्यौदा गरेको छ। आयोगले प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार गरेको प्रस्तावित विधेयकमा सो प्रस्ताव गर्दै कुनै निर्वाचन क्षेत्रको कुनै गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावलीमा नाम दर्ता भएको मतदाताले सोही गाउँपालिका वा नगरपालिकाको सोही वडामा मात्र मतदान गर्न पाउने व्यवस्था गरेको छ।

आयोगद्वारा विधेयकमाथि राजनीतिक दलको सुझाव लिन बुधबार यहाँ आयोजित छलफलमा कुनै पनि राजनीतिक दलले सो प्रावधानमाथि कुनै सुझाव र टिप्पणी गरेनन्। सो विधेयकका अधिकांश प्रावधान प्रतिनिधिसभाको निर्वाचनको लागि तयार पारिएको प्रस्तावित मस्यौदाका बुँदाजस्तै रहेका छन्।

मतदानस्थमै मतगणनाको व्यवस्था गरिँदै

 

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आगामी निर्वाचनमा मतदानस्थमा नै मतगणना गर्ने व्यवस्था गर्न र प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा एउटै मतपत्रको व्यवस्था गर्ने सोच आयोगले बनाएको जानकारी दिए।

“निर्वाचनका लागि अति महत्वपूर्ण ती दुवै कार्य गर्न आयोगले गृहकार्य गरिरहेको छ, आगामी निर्वाचनमा यसको सुरुवात गर्छाैं,” उनले भने।

प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनका लागि आयोग तयार छ, यसका लागि सरकारले पूर्वाधार तयार गरिदिनुपर्ने बताए। रासस

 

प्रकाशित: २६ श्रावण २०७३ ११:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App