पुर्खौली पेशा जोगाउन जुटे पाल्पाका एक युवा

शनिबार, २९ पुष २०७४, १६ : ४७ नागरिक

पाल्पा–पुर्खौली पेशा विस्थापित हुन थालेपछि पाल्पा रामपुर नगरपालिका–६, तिलकपुरका २९ वर्षीय सोमबहादुर कुमाल माटाका भाडा बनाउन जुटेका छन्। 

कुमाल समुदायका पाका पुस्ता यस पेशाबाट विस्थापित हुन थालेपछि त्यसको संरक्षणका लागि सोमबहादुर माटोको भाडा बनाउने अभियानमा जुटेका हुन। 

माटाका भाडा बनाउने र पुख्र्यौली पेशा संरक्षणमा लागे पनि कामदार, माटो र दाउराको अभाव वर्षेनी बढेकाले समस्या झनै बढेको गुनासो उनको छ। 

भाडा बनाउनका लागि चाहिने उपयुक्त पहेँलो र चिप्लो नरम माटो निकाल्ने ठाउँमा सुरक्षा बेस क्याम्प बसेपछि समस्या बढेको हो। निजी जग्गामा भाडा बनाउनका लागि माटो दिँदैन, सोमबहादुरले दुखेसो पोखे। 

जाडोको समयमा मकै भुट्न, शुभकार्यमा समेत उपयुक्त मानिने हाडी, गर्मीयाममा चिसो पानी पिउनका लागि उत्तम मानिने घैँटो, खुत्रुके, हाडालगायतका माटोका भाडाको माग धेरै छ। 

माटाका त्यस्ता भाडा रु ३०० देखि एक हजार ५०० सम्म स्थानीय बजारमा बिक्री हुने गर्छ। पहिला पहिला गाउँगाउँ भारी बोकेर धान, मकै गहुँलगायत अन्न बालीसँग साटिने भाडा अहिले घरबाटै बिक्री हुन थालेपछि कुमालले मासिक रु तीन चार हजार आम्दानी गर्छन। 

कला संस्कृतिका धनी कुमाल समुदायको पहिचान गुम्न नदिनका लागि यस पेशाप्रति युवा पुस्ताको आकर्षण बढ्नुपर्नेमा सोमबहादुरले जोड छ।

विसं २०६८ को जनगणनाअनुसार पाल्पामा कुमाल समुदायको जनसंख्या ३ हजार ६सय ९५ छ। पाल्पाका रामपुर र तानसेन नगरपालिका, रैनादेवी छहरा, रिब्दीकोट, बगनासकाली माथागढी गाउँपालिकामा कुमाल समुदायको बाक्लो बस्ती रहे पनि कुमाल समुदायका मानिस माटाका भाडा बनाउन पेशाबाट विस्थापित बन्दै गएका छन्।  (रासस)







यसमा तपाईको मत

अन्य समाचार

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

‘टिभिएस दसैंको दौड’मा सहभागी हुने मौका खुल्यो

‘टिभिएस दसैंको दौड’मा सहभागी हुने मौका खुल्यो

नेपालका लागि टिभिएस टू–ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आरम्भ गरेको उपभोक्तामुखी प्रवर्द्धन योजना टिभिएस दसैंको दौडले सबैलाई दौडमा निःशुल्क...

Ncell Footer Ad