१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

राज्यले मेरो योगदानको अवमूल्यन गर्न खोज्यो

काठमाडाैँ – चुनावी प्रचारमा जाने क्रममा उदयपुरमा भएको बम विस्फोटमा परी बायाँ खुट्टा गुमाएकी विद्यार्थी नेतृ मिरा कटवालले राज्यले आफ्नो योगदानको अवमूल्यन गरेको गुनासो गरेकी छिन्। 

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत उनले राज्यले आफूलाई उचित मूल्यांकन नगरेको भन्दै दुःख व्यक्त गरेकी हुन् । हालसम्म निजी खर्चमा उपचार गरिरहेकी उनी शेरबहादुर देउवा नेतृत्वको सरकारले ५ लाख रुपैयाँ दिएर टार्न खोजेपछि दुखित हुँदै आक्रोश व्यक्त गरेकी छिन्। 

‘सरकारले मेरो पीडालाई निकै सामान्य ढंगले लिएको महसुस गरेँ । पार्टीमा खासै योगदान नहुँदा पनि सामान्य उपचारका लागि राज्यकोषबाट लाखौं करोडौँ रुपैयाँ वितरण गरिए पनि मलाई भने खुट्टा गुमाएर जीवनभर अशक्त हुँदा पनि सामान्य खर्च दिएर टार्न खोजेको छ ।’  

‘म व्यक्तिगत कामका सिलसिलामा दुर्घटनामा परेकी होइन, पार्टी काममा  खटिँदा विस्फोटमा परेर खुट्टा गुमेको छ, मेरो भविष्यप्रति पार्टी र सरकार गम्भीर हुुनुपर्दैन ?’ आक्रोशित हुँदै कटवालले भनिन् । आफ्नै पार्टीको नेतृत्वमा सरकार हुँदासमेत आफ्नो योगदानको उचित मूल्यांकन गर्न नसकेकोप्रति उनले दुःख व्यक्त गरिन । पार्टीकै कामको शीलशीलामा खुट्टा गुमेकाले बाँकी जीवन पनि सक्रिय राजनीतिमै लागेर  बिताउने लक्ष्य राखेकी उनी राज्यको व्यवहारले भने असन्तुष्ट बनेकी छिन्।  

‘सरकारले मेरो पीडालाई निकै सामान्य ढंगले लिएको महसुस गरेँ,’ उनले भनिन्। पार्टीमा खासै योगदान नहुँदा पनि सामान्य उपचारका लागि राज्यकोषबाट लाखौं करोडौँ रुपैयाँ वितरण गरिए पनि आफूलाई भने खुट्टा गुमाएर जीवनभर अशक्त हुँदा पनि सामान्य खर्च दिएर टार्न खोजेको उनको गुनासो छ।  

मिराले हालै सरकारले तारानाथ रानाभाटलाई उपचार खर्चबापत ७० लाख रुपैयाँ दिएको तथा विगतमा पनि सुजाता कोइरालालगायतलाई राज्यकोषबाट ठूलो रकम सहयोग दिएको उदाहरण दिँदै आफूप्रति भने सहयोगका नाममा अपमान गरेको बताइन् । ‘मैले प्रजातन्त्रको लडाइँ लड्दा यस्तो अवस्था भोगेकी हुँ, बावुआमाको काम गर्न जाँदा यस्तो भएको त होइन नि ?’ आफ्नो योगदानलाई अवमूल्यन नगर्न चेनावनी दिँदै मिराले भनिन् ।  आफ्नो बाँकी भविष्यप्रति पार्टी र राज्य जिम्मेवार र उत्तरदायी हुनुपर्ने उनको भनाइ छ । पहुँचमा हुनेले लाखौँ करोडौँ सहयोग लिइरहँदा आफूलाई सामान्य खर्च दिएर टार्न खोजेकोप्रति उनको सबैभन्दा ठूलो गुनासो छ। ‘कम्तीमा पनि मेरो भोलिको भविष्य त सुनिश्चित हुनुप¥यो नि ?’ उनले भनिन्। आफूलाई सामान्य उपचार खर्च दिएर टार्न खोजे सरकारी सहयोग नलिने मिराको भनाइ छ । ‘मैले राज्यसँग करोडौँ रकमको अपेक्षा गरेकी हैन, हालसम्म कुनै किसिमको माग पनि राखेकी छैन तर उचित मूल्यांकन र मेरो भविष्य के हुने भन्नेबारेमा त राज्य गम्भीर हुनुपर्‍यो,’ मिराले भनिन् । प्रजातन्त्रका लागि आफूले गरेको योगदान र त्याग पाँच लाख प्राप्त गर्नलाई नभएको उनको तर्क थियो। 

नेपाली कांग्रेसको चुनावी प्रचारका लागि कटारीबाट नेपालटार जाँदै गर्दा गत मंसिर १३ गते उनी चढेको बलेरो गाडी उदयपुरको कटारी र नेपालटारको बीचमा पर्ने दनुवारबेसीमा एम्बुसमा परेको थियो । विस्फोटमा परी गम्भीर घाइते भएकी उनको तत्काल उद्धार गरी हेलिकोप्टरमार्फत काठमाडौ ल्याइएको थियो । बमको छर्रा लागि बायाँ खुट्टा कामै नलाग्ने भएपछि शिक्षण अस्पताल काठमाडांैमा उनको खुट्टा घुँडाभन्दा तलबाट काटिएको थियो।  

चुनावी कार्यक्रममा सहभागी हुन उनीसँगै २ नम्बर क्षेत्रबाट कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणबहादुर कार्कीसहित नौ जनाको टोली नेपालटार जाँदै गर्दा एम्बुसमा परेको थियो । फुस्रो माटो भएको कच्चीबाटोमा गुडिरहेको बलेरो बिहान करिब १०ः१५ बजे एम्बुसमा परेको थियो । उनीहरू चढेको गाडी केही मिटरमाथि पुगेर कुनातर्फको ढिस्कोमा गएर अडिएको थियो । उक्त घटनामा परी कटवाल, उम्मेदवार कार्की, गाडी चालक अम्बरबहादुर कार्कीसहित ७ जना घाइते भएका थिए।

गम्भीर घाइते भएकी नेतृ कटवाल, उम्मेदवार कार्कीसहित ७ जनालाई तत्काल उपचारका लागि हेलिकोप्टरबाट काठमाडौ ल्याइएको थियो । दाहिने खुट्टा पाँच ठाउँ तथा देब्रे खुट्टा तीन ठाउँबाट फ्याक्चर भएका कार्कीको स्टील लगाएर फ्याक्चर भएका हड्डी जोड्ने काम भइरहको छ। 

प्रकाशित: २८ पुस २०७४ ०३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App