१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पिएसजी फ्रेन्च लिग कपको सेमिफाइनलमा प्रवेश

फान्स – आमिएन्सलाई २–० ले हराउँदै पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

लिग अन्तर्गत बुधबार राति सम्पन्न क्वाटरफाइनल खेलमा पिएसजीको जितमा खेलको ५३ औं मिनेटमा नेइमार र ७८ औं मिनेटमा राबिओटले १–१ गोल गरे ।

खेलको ३४ औं मिनेटमा एमिएन्सका गोलरक्षक गुर्टनगर रातो कार्ड खाएर मैदान बाहिरिएपछि आमिएन्स १० खेलाडीमा सीमित भएको थियो ।

प्रकाशित: २७ पुस २०७४ ०६:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App