१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कञ्चनपुरमा चिसोबाट तीनको मृत्यु

भीमदत्तनगर – चिसो कठ्याङग्रिएर कञ्चनपुरको भीमदत्तनगरस्थित महिला तथा वृद्ध सेवा केन्द्रमा आश्रय लिइरहेका तीनजना वृद्धवृद्धाको मृत्यु भएको छ।

बनखेतस्थित यस सेवा केन्द्रका अध्यक्ष शारदा चन्दका अनुसार चिसोका कारण गत सोमबार, मंगलबार र बुधबार एक/एक जना गरी तीनजनाको मृत्यु भएको हो।

सोमबार वद्धाश्रममा रहेका ६५ वर्षीय गोपाल थापाको मृत्यु हुनुका साथै मंगलबार ७२ वर्षीय पदम लुहार र आज ९२ वर्षीय माता (बर्मा) को मृत्यु भएको अध्यक्ष चन्दले बताइन्।

मृतकको वृद्धाश्रम सञ्चालक समितिका पदाधिकारी र आश्रित महिलाले आफँै दाहसंस्कार गरेका छन्। ‘बिहान, बेलुका सधैँ दाउरा ल्याएर आगो ताप्ने प्रबन्ध पनि गरेकै छौं,’ उनले भनिन् – ‘दिनभर बूढाबूढीहरू आगो ताप्दै बस्छन्।’

सेनाद्वारा दाउरा वितरण

लगातार बढिरहेको जाडो छल्न नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा र सिंहशार्दुल गुल्मले बुधबार भीमदत्तनगरको सुकुम्बासी टोल र वृद्धाश्रममा दाउरा वितरण गरेको छ।

भीमदत्तनगरस्थित महिला तथा वृद्ध सेवा केन्द्रमा सेनाले दाउराका साथै न्यानोका लागि चिनी र चियापत्तीसम्मेत उपलब्ध गराएको छ।

प्रकाशित: २६ पुस २०७४ १६:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App