१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जनादेश अनुसारको सरकार गठन हुनुपर्छ : अध्यक्ष थापा

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले जनादेश अनुसारको सरकार गठन हुन नसके मुलुक पुनः अस्थिरतातर्फ धकेलिने बताए। 

रिपोर्टर्स क्लबले आयोजना गरेको अन्तक्र्रियामा उनले वाम गठबन्धनको पक्षमा जनमत देखिएको अवस्थामा उनीहरुलाई फुटाएर सरकार निर्माण गर्नु जनचाहनामाथि कुठराघात हुने बताए। 

संविधान निर्माणका क्रममा रहेका केही कानुनी अस्पष्टताले नयाँ सरकार गठनमा ढिलाइ भएको स्वीकार्दै उनले भने – ‘राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसदले पूर्णता पाउँछ। त्यसपछिको साता दिनभित्र सरकार निर्माण हुन्छ।’ 

प्रदेशको अस्थायी राजधानी तोक्ने र संयोजक नियुक्त गर्ने विषय संवेदनशील भएको र त्यसमा वाम गठबन्धनको सहमतिको खाँचो रहेको उनले औँल्याए। 

उनले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको स्मरणमा पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवश मनाउन आफ्नो पार्टीले सार्वजनिक विदा माग गर्दै आएकामा सरकारले यसपटक विदा दिएको र त्यसमा सबै दलको सहमति रहेको प्रष्ट पारे। 

प्रकाशित: २६ पुस २०७४ १२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App