१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

निसासिएर दुई बालिकाको मृत्यु

इटहरी – इटहरी उपमहानगरपालिका–६ स्थित नेपाः भवन नजिकै विष्णुकुमार लिम्बूको घरमा डेरा बस्दै आएका एक दम्पतीका दुई बच्चा निसासिएर गएराति मृत्यु भएको छ। जाडोका कारण डेर घरको कोठामा दाउरा र भुसको आगो बालेर ढोका थुनी सुतेको अवस्थामा आलम मिया, उनका श्रीमती र दुई छोरी निसासिएर बेहोस भएको अवस्थामा फेला परेपछि उपचारका लागि उनीहरुलाई विराटनगर अस्पताल पुर्याएका थिए ।

उपचारकाे क्रममा आलमका दुवै छोरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।  मृत्यु हुनेमा सात वर्षीया आलिया खातुन र दुई वर्षीया आयात खातुन रहेको छ । ३५ वर्षीय आलम मियाँ र उनकी २८ वर्षीया श्रीमती फोसिला खातुनको अझै उपचार भइरहेको प्रहरीले जानकारी दिए ।

 

प्रकाशित: २६ पुस २०७४ ०९:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App