१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

८६ केजी गाँजासहित दुई भारतीय गिरफ्तार

चितवन- चितवन प्रहरीले लागू औषध गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) शिव शर्मा आचार्यले दिएको जानकारी अनुसार मंगलबार दिउँसो पौने दुई बजे भारतीय जीपबाट ८६ किलो ४७० ग्राम गाँजा बरामद भएको हो । प्रहरी सहायक निरीक्षक (असई) अक्ष्यकुमार साहको नेतृत्वमा रहेको गस्ती टोलीले भरतपुर महानगरपालिका वडा नं. ९ गोन्द्राङमा जीप फेला पारेको डिएसपी शर्माले बताए ।

‘बीरगञ्ज जान लागेको भारतीय नम्बर प्लेटको जेएच ०१ एन ८६११ नम्बरको महेन्द्र बोलोरो जीपलाई खानताली गर्दा सो परिमाणको गाँजा बरामद भएको हो’ डिएसपी शर्माले भने । गाँजाको डेढ किलोदेखि सवा तीन किलोसम्मको बण्डल बनाएर जीपको हुट मुनी लुकाएर राखेको अवस्थामा गाँजा बरामद भएको उनले बताए । जीपमा ३३ बण्डल गाँजा भेटिएको चितवन प्रहरीले जनाएको छ ।

गाँजाको मालिक को हो पत्ता लागेको छैन । प्रहरीले ओसार पसार गरेको आरोपमा जीपमा रहेका दुईजनालाई समाएको छ । चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार उनीहरु भारतको मोतीहारी जिल्ला गोपीजंज, थाना सर्यापिपरा बस्ने वर्ष २४ का नरेशकुमार प्रसाद र सोही ठाउँमा १९ वर्षीय निकेश कुमार रहेका छन् । नरेशकुमार गाडीका चालक भएको प्रहरीको भनाइ छ ।

प्रकाशित: २६ पुस २०७४ ०४:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App