१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नाट्टामा शर्मा समूहको उम्मेदवारी

काठमाडौं – नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाट्टा) मा दीपेन्द्रकुमार शर्मा समूहले उम्मेदवारी घोषणा गरेको छ । नाट्टाको निर्वाचन आउन केही दिन बाँकी रहँदा सो समूहले शर्माको अध्यक्षतामा उम्मेदवारी घोषणा गरेको हो ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा चित्रबहादुर गुरुङ, द्वितीय उपाध्यक्ष संगीता जिरेल, महासचिव विनय बस्नेत, सचिव सविता केसी भट्टराई, कोषाध्यक्षमा राम श्रेष्ठ र सह–कोषाध्यक्षमा युवराज सुवेदीले उम्मेदवारी घोषणा गरेका छन् ।     

यस्तै, सदस्यमा अमृतकुमार ढकाल, रवि थापा, रघु परियार, सन्तोष क्षेत्री, डिपी अर्याल, बेन्जु श्रेष्ठ, गीता ढकाल र विनोद कार्कीको नाम घोषणा गरेको छ । घोषणासभामा अध्यक्षका दाबेदार शर्माले नाट्टालाई राजनीतिक संक्रमणबाट जोगाउँदै संस्थालाई विधानसम्मत अघि बढाउने बताए ।  

उनले नाट्टामार्फत व्यवसायीको हकहित तथा पर्यटन, प्रवद्र्धन र विकासका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । सो अवसरमा शर्माले १५ बुँदे घोषणापत्रसमेत सार्वजनिक गरेका छन् ।

नाट्टाको ५१औं साधारणसभा पुस २८ गते काठमाडौंमा हुँदैछ । ५० वर्षअघि स्थापित ट्राभल तथा टुर व्यवसायीको छाता संगठन नाट्टामा भद्रपुर, पोखरा र धनगढीमा क्षेत्रीय तथा पाल्पामा जिल्ला शाखा छन् भने साधारण सभामा ४ सय ६७ मतदाताले भाग लिँदैछन् । यसअघि सिएन पाण्डे समूहले उम्मेदवारी घोषणा गरिसकेको छ । (रासस)

प्रकाशित: २६ पुस २०७४ ०२:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App