१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सम्बन्ध सुधारको प्रयासमा दुई कोरिया

प्योङयाङ – कोरियाली प्रायद्धीपमा शान्ति स्थापनाका तथा दुई कोरियाबीचको सम्बन्ध सुधारका लागि उत्तर कोरिया तयार रहेको भन्दै ‘द डेमोक्रेटिक्स् रिपब्लिक अफ कोरिया ’ ले एक विज्ञप्ती जारी गरेको छ  ।

दुई कोरियाबीच मंगलबार भएको उच्चस्तरीय शान्ति वार्ता दुई देशबीचको बिग्रँदो अवस्थामा रहेको कुटनीतिक सम्बन्ध सुधारको एक महत्वपूर्ण कदम भएको दुई देशका अधिकारीहरूको दाबी छ ।

 गत सोमबार द डेमोक्रेटिक्स् रिपब्लिक अफ कोरियाका सर्वाेच्च नेता किम जोन उनले आफु सन् २०१८ मा दुई कोरियाबीचको सम्बन्ध सुधारको पक्षमा रहेको बताएका थिए ।

किमले गत जनवरी १ मा दिएको एक भाषणमा सन् २०१८ मा दुई कोरियाबीचको कुटनीतिक सम्बन्धमा छाएको चिसोपनामा हटाउनका लागि प्रयास गरिने बताएका थिए ।दक्षिण कोरियाले केही दिन अगाडी आगामी फ्रेबुअरीमा दक्षिण कोरियामा हुन लागेको ओलम्पिक खेलबारे उत्तर कोरियाको सहभागीताको सम्बन्धमा वार्ताको आह्वान गर्दै पत्र पठाएको थियो ।

 मंगलबारको उच्चस्तरीय बैठक पश्चात् उत्तर कोरियाले दक्षिण कोरियामा फ्रेबुअरीमा हुन लागेको ओलम्पिक खेलमा सहभागी हुने बताएको थियो । यसलाई दुई कोरियाबीचको सम्बन्ध सुधारको एक महत्वपूर्ण कडीका रूपमा दिइएको छ । उत्तर कोरिया दुई कोरियाबीचको सम्बन्ध सुधारको पक्षमा देखिएपछि कोरियाली प्रायद्धीपमा खुसीयाली छाएको छ ।

 

प्रकाशित: २५ पुस २०७४ १०:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App