१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुर्लभ पंक्षी हुचिल सहित  पक्राउ

काठमाण्डौ – काठमाण्डौ महानगरपालिका–६ बौद्धबाट प्रहरीले दुर्लभ पंक्षी हुचिल सहित ३ जनालाई पक्राउ गरेको छ ।

हुचिल विक्री गर्न लागेको सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय र महनगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले दोलखा, तामाकोशी गाँउपालिका– ७ घर भई ललितपुर बस्ने २४ बर्षीय जेवी राई, भक्तपुर, बालकोट बस्ने २४ बर्षीय कमल भण्डारी र ईलाम घर भई ललितपुर बालकुमारी बस्ने ३१ बर्षीय पुर्ण बहादुर लिम्बुलाई एउटा हुचिल सहित नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका तिनै जनालाई कारवाहीको लागी हुचिल सहित जिल्ला बन कार्यालय काठमाण्डौमा पठाईएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । 

प्रकाशित: २५ पुस २०७४ ०९:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App