१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सर्वोच्चमा डा. केसीको बयान सुरु

काठमाडौं- अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीको बयान सुरु भएको छ। उनलाई सोमबार अदालतको अवहेलना मुद्दामा प्रहरीले पक्राउ गरेको थियो। न्यायाधीश ओम प्रकाश मिश्र र केदार प्रसाद चालिसको संयुक्त इजलाशमा उनको बयान सुरु भएको हो। प्रधानन्यायाधीशको राजीनामा माग गर्दै १४ औं अनशन सुरु गरेका केसीले दिएको अभिव्यक्ति अदालतको मर्यादामा आँच पुर्‍याउने भएको भन्दै उनीविरुद्ध अवहेलना मुद्दा दायर भएको थियो।

सोमबार अदालतले डा. केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे सर्वोच्चमा उपस्थित गराउन आदेश दिएको थियो। उनलाई तोकिएकै समयमा अदालतमा उपस्थित गराइए पनि ढिलो गरी बयान सुरु भएको हो। बहस सकिएपछि थुनछेकको आदेश हुने छ।

 

 

प्रकाशित: २५ पुस २०७४ ०८:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App