१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ग्रामीण विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन चैतमा

काठमाडाैँ-  ग्रामीण विकासका बहुआयामिक विषयमा सम्बन्धित विज्ञसँग छलफल गरी सुझाव लिन यहाँ आगामी चैतमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

त्रिवि ग्रामीण विकास केन्द्रीय विभागको आयोजनामा चैत ९–११ गते सम्मेलन हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हाे  ।

सम्मेलनमा राष्ट्रिय अन्तर्राष्ट्रिय सरोकार भएका, राजनीतिकर्मी, नीतिनिर्माणमा संलग्न व्यक्ति, अनुसन्धानकर्तासँगको छलफलपछि प्राप्त सुझाव भविष्यमा बन्ने सरकारी नीति एवं योजना तर्जुमामा सहयोग पुग्ने उद्देश्य लिइएको छ ।

भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, संयुक्त राज्य अमेरिका, क्यानडा, जापानलगायत १० मुलुकका विभिन्न क्षेत्रका विज्ञ सहभागी हुने सम्मेलनमा पर्यटन, कृषि, वातावरण, जलवायु परिवर्तन, खाद्य सुरक्षा, असल शासन, दिगो विकास, प्राकृतिक स्रोतको व्यवस्थापन, संघीयता लगायत विषयमा छलफल हुनेछ ।

सम्मेलनमा विभिन्न क्षेत्रका झण्डै ७० अन्तर्राष्ट्रिय विज्ञ र बाँकी नेपालका राजनीतिकर्मी, उच्चपदस्थ कर्मचारी र विज्ञ सहभागी हुने विभागीय प्रमुख प्रा डा पुष्पकमल सुवेदीले बताए ।

नेपालमा १७ वर्षअघि त्रिविअन्तर्गत सञ्चालित ग्रामीण विकास विषयमा हाल मुलुकभर स्नातकोत्तर तहसम्म अध्ययन हुनाका साथै ग्रामीण विषयका क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन हुँदै आइरहेको छ । ग्रामीण विकास केन्द्रीय विभागले यसै वर्षदेखि विद्यावारिधि कार्यक्रमसमेत शुरु गर्दैछ ।
 

 

प्रकाशित: २५ पुस २०७४ ०८:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App