१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियाप्रति लचक बन्दै ट्रम्प

वासिङटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाप्रति केही लचक बन्दै गएका छन् ।
राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोन उनसँग वार्ता गर्न चाहेको  सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

उत्तर  र दक्षिण कोरियाबीच मंगलबार हुने उच्चस्तरीय वार्ताले दुई देशबीचको कुटनीतिक सम्बन्धमा केही सुधार आउने आशा ट्रम्प प्रशासनले गरेको छ ।

दुई वर्ष पछि दुई कोरियाबीच भएको यो पहिलो उच्चस्तरीय भेटवार्ता हो । दक्षिण कोरियामा सन् २०१८ मा हुन लागेको हिउँदे ओलम्पिकमा उत्तर कोरियाले सहभागीताका लागि स्वीकार गर्नु सकारात्मक भएको ट्रम्पले टिप्पणी गरेका छन् ।

उत्तर कोरियाली नेता किम जोन उनप्रति सधै आक्रोशित देखिने राष्ट्रपति ट्रम्प अहिले केही लचक देखिएका छन् ।

प्रकाशित: २५ पुस २०७४ ०६:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App