१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दुई कोरियाबीच उच्चस्तरीय वार्ता

सोल – उत्तर तथा दक्षिण कोरियाबीच आज उच्चस्तरीय वार्ता हुँदैछ ।

पछिल्लो दुई वर्षमा  आज  दुई कोरियाबीच उच्चस्तरीय वार्ता हुन लागेको हो । वार्ता दुई कोरियाको सीमावर्ती क्षेत्र पाममुनजोममा हुँदैछ ।

दक्षिण कोरियाले उत्तर कोरियालाई वार्ताको आह्वान गर्दै केही दिन अगाडी मात्रै पत्र पठाएको थियो । दक्षिण कोरिया सन् २०१८ मा हुने भनिएको हिउँदे ओलम्पिक खेलबारे वार्ता केन्द्रित रहने छ ।
दक्षिण कोरियामा हुने भनिएको ओलम्पिक बारे उत्तर कोरियाली खेलाडीहरूको उपस्थितीका सम्बन्धमा उक्त वार्ता केन्द्रित रहने छ ।

उत्तर कोरियाली नेता किम जोन उनले वार्ताका लागि प्रतिनिधि पठाउने सहमती जनाएपछि उक्त वार्ता हुन लागेको हो ।

वार्ताले दुई कोरियाबीचको  बढ्दै गएको कुटनीतिक विवाद समाधानमा महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास गरिएको छ ।
 
 

प्रकाशित: २५ पुस २०७४ ०४:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App