१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चिसो प्रभावितका लागि सरकारद्वारा सवा २ करोडको राहत

काठमाडौं- सरकारले तराईका २२ जिल्लामा केही दिनदेखि बढेको चिसोको मारमा परेका सर्वसाधरणलाई २ करोड २२ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ ।
सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्रालयले उक्त निर्णय गरेको हो । मन्त्रालयले तराईका २२ जिल्लामा प्रत्येक जिल्लामा १० लाख रुपैयाँ मूल्यका कम्मल, दाउरालगायतका न्यानो सामग्री वितरण गर्ने निर्णय गरेको छ । गृहले सोमबार नै सरकारको मौजदातमा रहेका कम्मललगायत सामग्री पनि तत्काल तराईका २२ जिल्लामा पठाउने तयारी गरेको छ ।
‘प्रधानमन्त्रीको निर्देशमन तराईमा २२ जिल्लामा तत्काल २ करोड २२ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने निर्णय भएको छ,’ गृहसचिव मोहोनकृष्ण सापकोटाले जानकारी दिए । ‘राहत वितरणको कार्य सोमबारदेखि सुरु हुन्छ, केन्द्रबाट कम्मललगायतका सामग्री जाने क्रम सुरु भैसकेको छ ।’
गृहले जिल्लास्थित स्थानीय विपद् व्यवस्थापन समितिको सिफारिसमा उक्त राहत वितरण गर्ने निर्देशनसमेत गरेको छ । गृहले तत्काल केन्द्रीय दैविप्रकोप उद्दार कोषबाट उक्त रकम वितरण गर्ने भएको हो ।
गृहमन्त्रालयले काठमाडौंस्थित मानवीय सहायता कक्ष र सशस्त्र प्रहरीको मौजदातमा रहेका न्यायानो कपडा वितरण कार्य सुरु गरेकोछ । ‘मौजदातमा रहेका न्यानो कपडा आजैदेखि जिल्ला जान सुरु भएको छ,’ गृहसचिव सापकोटाले भने, ‘सशस्त्र प्रहरीको ट्रकबाट ढुवानी सुरु भैसकेको छ ।’
गृहले तराईमा स्कुललगायतका सार्वजनिक भवनमा बालबालिका र बुढापाकालाई न्यानोमा राख्न अस्थायी सेल्टर पनि खडा गर्ने सम्वन्धित जिल्लालाई निर्देशन गरेको छ ।

प्रकाशित: २५ पुस २०७४ ०४:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App