१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

प्रशिक्षणमा ‘लिटिल स्टार’

काठमाडौं –  बालबालिका सम्बन्धी सौन्दर्य प्रतियोगिता ‘लिटिल स्टार अफ द इयर २०१८’का ७० प्रतियोगी अहिले प्रशिक्षणमा जुटेका छन् । दरबारमार्गस्थित सि डब्लु रेष्टुरेन्टमा अहिले उनीहरूले विभिन्न विषयमा प्रशिक्षण लिइरहेका छन् ।
राजधानीमा आयोजित प्रारम्भिक चरणमा छानिएका प्रतियोगीहरू प्रतियोगिताको उपाधि चुम्दै आफ्नो भाग्य चम्काउन १८ गतेदेखि नियमित प्रशिक्षणमा जुटिरहेका हुन् । प्रारम्भिक चरणको अडिसनमा सहभागी १२० मध्यबाट अन्तिम चरणका लागि यी प्रतियोगी छानिन सफल भएका हुन् ।

प्रतियोगीलाई प्रशिक्षण मार्फत निखार्ने काम मोडल तथा अभिनेता दिक्पाल कार्की, कुन्ती मोक्तान, कलाकार विरेन्द्र हमाल, जीवन गिरी लगायतले गरिरहेका छन् ।

प्रशिक्षणको क्रममा उनीहरुले संगीत, गायन, नृत्य, व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व, बालअधिकार, अनुशासन लगायत विषयको ज्ञान लिने कार्यक्रमका संयोजक जीवन गिरीले बताए ।

बालबालिकाको प्रतिभा निखार्दै उनीहरूको सुनौलो भविष्य निर्माणतिर अग्रसर गराउने उद्देश्यले गत वर्षबाट एनोभेसन इभेन्ट म्यानेजमेन्टले यो प्रतियोगिता सुरु गरेको हो ।

७ देखि १४ बर्षसम्मका बालबालिकाको  सहभागिता रहेको प्रतियोगितामा ७ देखि ९, १० देखि १२ र १३ देखि १४ गरि भिन्न भिन्नै तीन समूहको विजेता छानिने आयोजक एनोवभेसन इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक महेश केसीले जानकारी दिए ।  
शीर्षसहित विभिन्न उप विजेतासमेत छानिने प्रतियोगितामा विजेताले विभिन्न पुरस्कार र अवसर एकसाथ जित्न सक्ने आयोजले जनाएको छ ।

प्रकाशित: २५ पुस २०७४ ०१:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App