१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कैलालीमा वर्षकै बढी चिसो : विद्यालय बन्द, हवाई उडान अवरुद्ध

धनगढी – कैलालीमा अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेको छ। जिल्लामा सोमबार यस बर्षकै सबैभन्दा बढी चिसो भएको छ।

जल तथा मौसम बिज्ञान बिभाग फिल्ड कार्यालय अत्तरियाका अनुसार सोमबार कैलालीको तापक्रम यस बर्षको सबैभन्दा कम २.५ डिग्रीमा झरेको छ। अधिकतम तापक्रम ११ डिग्री सेल्सियस रहेको छ।

चिसो बढेपछि धनगढीका बिभिन्न चोक चोकमा आगो बालेर स्थानिय तापिरहेका देखिन्थे। चिसोले व्यस्त रहिरहने धनगढी बजारमा पनि चहलपहल कम देखिन्थ्यो। कठ्ङयाग्रिदो चिसो बढेपछि नगरापालिकाले बिभिन्न ठाउँमा आगो बाल्नका लागि सर्वसधारणलाई दाउरा बितरण गरेको थियो।

धनगढीमा एक साता दिनदेखि वाक्लो हुस्सु लागेर घाम लागेको छैन्। चिसोले गरिव वस्ती, मुक्त कमैया शिविर, सुकम्वासी वस्तीमा वस्ने वासिन्दालाई बढी प्रभावित गरेको छ।

बिद्यालय बन्द

चिसो अत्यधिक बढेपछि सोमवार देखि कैलालीका बिद्यालय बन्द गरिएका छन्। जिल्ला शिक्षा अधिकारी गणेश बहादुर सिंहले अत्यधिक चिसो बढेका कारण कैलाली जिल्लाभरीका सामुदायिक बिद्यालय पुस मसान्त सम्मका लागी बन्द गरिएको बताए। बिद्यालय बन्द गर्न जिल्ला शिक्षा कार्यालय र स्थानीय तहले अपिल गरेका थिए।

‘अत्यधिक चिसो भएकाले हामीले पनि बिद्यालयलाई बन्द गर्न अपिल गरेका हौं’ जिशिअ सिंहले भने, ‘स्थानिय तहले पनि बिद्यालय बन्द गर्न आग्रह गरेका छन।’ धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, गौरिगंगा नगरपालिका लगायतले बिद्यालय बन्द गराउन अपिल गरेको उनको भनाई छ । ‘जिल्लाका सामुदायिक सबै बिद्यालय बन्द भएका छन’, उनले भने, निजी बिद्यालयमा परिक्षा चलिरहेकाले बन्द भएनन्।’

हवाई उडान अवरुद्ध

प्रदेश नम्बर ७ को एकमात्र नियमित हवाई उडान हुने गेटा बिमानस्थलमा हुस्सु लागेका कारण उडान अवरुद्ध भएको छ। वाक्लो कुहिरो लागेर भिजीबिलिटी नपुग्ने भएकाले सोमवार आउने सवै उडान रद्ध भएको नागरिक उड्ययन प्राधिकरण धनगढीका प्रमुख छविसिंह ठकुल्लाले बताएका छन। आँखाले हेरेर जहाज अवतरण गर्नुपर्ने भएकाले यहाँ ५ हजार मिटर भिजिीबिलिटी भएमात्र जहाज अवतरण गर्न सकिन्छ। ‘घाम नलगोर वाक्लो हुस्सु हुदाँ आइतवार देखि लगातार हवाई उडान अवरुद्ध छन’, उनले भने। यहाँबाट काठमाडौं दैनिक ६ वटा उडान हुने गर्छन।

प्रकाशित: २४ पुस २०७४ १४:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App