१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

यौन हिंसाविरुद्ध गोल्डेन ग्लोब अवार्डमा अभिनेत्रीहरु (फोटोफिचर)

काठमाडौं – अभिनेत्री निकोल किडम्यानले ‘बिग लिटल लाइज’ बाट ‘ यसवर्षको गोल्डेन ग्लोब अवार्ड २०१८ मा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन् । उनको ‘बिग लिटल लाइज’ले उत्कृष्ट अभिनेत्रीसहित चार विधामा अवार्ड जित्न सफल भएको थियो । गत आईतबार राति क्यालिफोनियामा आयोजित  ७५ औं गोल्डेन ग्लोब अवार्ड वितरण कार्यक्रममा ‘थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजोरी’ले उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो । यसवर्षको ‘सेसिल बी डिमिली अवार्ड’ भने प्रस्तोता ओपरा विनफेरीले हात पारेकी थिइन् ।

त्यस्तै साम रकवेलले ‘थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजोरी’ बाट उत्कृष्ट सहअभिनेताको अवार्ड जितेका थिए भने टेलिभिजन सिरिज म्युजिकल अर कमेडी विधाका लागि ‘द मार्भेलस मिसेस माइजल’ बाट रिचेल ब्रोसनहनले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । अभिनेत्री एलिजाबेथ मोसले ‘द ह्याण्डमेड्स टेल’ बाट टेलिभिजन सिरिज ड्रामा विधामा उत्कृष्ट अभिनेत्री घोषित भइन्  ।  जर्मनी फिल्म ‘इन द फेड’ले उत्कृष्ट विदेशी भाषाको फिल्मको अवार्ड हात पार्न सफल भएको थियो ।

‘फार्गो’ फिल्मका लागि – इवान म्याकजर्जले उत्कृष्ट अभिनेता लिमिटेड सिरिज अर मोसन पिक्चर मेड फर टेलिभिजनविधाको अवार्ड जिते । ‘द मार्भेलस मिसेस माइजल’ ले  उत्कृष्ट टेलिजिन सिरिज म्युजिकल अर कमेडी विधाको अवार्ड जित्न सफल भएको थियो । उत्कृष्ट अभिनेता टेलिभिजन सिरिज म्युजिकल अर कमेडी विधामा भने अजिज अन्सारीले ‘मास्टर अफ नन’ अवार्ड जिते । उत्कृष्ट निर्देशक मोसन पिक्चरका लागि ‘द सेप अफ वाटर’बाट गिलेर्मो डेल तोरो, उत्कृष्ट टेलिभिजन लिमिटेड सिरिज अर मोसन पिक्चर मेड फर टेलिभिजनतर्फ ‘बिग लिटल लाइज’ र उत्कृष्ट अभिनेत्री मोसन पिक्चर कमेडी अर म्युजिकलअन्तर्गत ‘लेडी बर्ड’बाट सेइर्स रोनेनले प्राप्त गरेका थिए ।

गोल्डेन ग्लोब अवार्डमा सहभागि अभिनेत्रीहरुले यौन हिंसाविरुद्ध एैक्यवद्धता जनाउँदै कालो रंगको कपडा लगाएर समारोहमा उपस्थित भएका थिए । त्यस्तै ‘लेडी बर्ड’ले उत्कृष्ट मोसन पिक्चर कमेडी अर म्युजिकल, ग्यारी ओल्डम्यानले ‘डार्केस्ट आवर’को लागि उत्कृष्ट अभिनेता मोसन पिक्चर, ड्रामा, फ्रान्सिस म्याकडोरमाण्डले ‘ थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजोरी’ बाट उत्कृष्ट अभिनेत्री  मोसन पिक्चर ड्रामा प्राप्त गरेका थिए । उत्कृष्ट अभिनेता टेलिभिज सिरिज ड्रामाविधामा ‘दिस इज अस’बाट स्टर्लिङ के ब्राउन, ‘द ह्याण्डमेडस् टेल’उत्कृष्ट टेलिभिजन सिरिज ड्रामा, अलेक्जेण्डर स्कास्र्गार्डले ‘बिग लिटल लाइज’ उत्कृष्ट सहअभिनेता सिरिज लिमिटेड सिरिज अर मोसन पिक्चर मेड फर टेलिभिजन, एलेक्सान्डर डेस्प्लेट ‘द सेप अफ वाटर’बाट उत्कृष्ट ओरिजिनल स्कोर मोसन पिक्चर प्राप्त गरेका थिए ।त्यस्तै ओरिजिनल सङ मोसन पिक्चरविधामा ‘द ग्रेटेस्ट सोम्यान’ बाट दिस इज मी, जेम्स फ्रान्को ‘द डिजास्टर आर्टिस्ट’बाट उत्कृष्ट अभिनेता मोसन पिक्चर कमेडी अर म्युजिकल, लउरा डर्न ‘बिग लिटल लाइज’बाट उत्कृष्ट सहअभिनेत्री सिरिज लिमिटेड सिरिज अर मोसन पिक्चर मेड फर टेलिभिजन, ‘कोको’ उत्कृष्ट एनिमेटेड फिल्मको अवार्ड जितेको थियो । उत्कृष्ट सहअभिनेत्री मोसन पिक्चरविधामा भने एलिसन ज्यानीले ‘आइ, टोन्या’ र स्क्रीनप्लेतर्फ मार्टिन म्याकडनहले ‘थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजोरी’ बाट अवार्ड प्राप्त गरेका थिए ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App