१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

तीन सहरमा नेपथ्यको सांगीतिक प्रस्तुती

काठमाडौं – नेपथ्यले देशका तीन सहरमा सांगीतिक प्रस्तुती दिने भएको छ। काठमाडौं, पोखरा र बुटवलका दर्शकहरु सामु प्रस्तुत भइसकेको ब्याण्डले आफ्नो २५ औं स्थापना दिवस दमक, नारायणघाट, भैरहवामा संगीत प्रेमीसँग मनाउन लागेको हो।

मुलुकको पूर्वी, मध्य र पश्चिम भागको प्रतिनिधित्व गर्ने यी सहरहरुको यात्राका लागि ब्याण्डले नयाँ पुराना गीतहरुको अभ्यास सुरु गरिसकेको छ।

यात्राअन्तर्गत पहिलो शो पुस २८ गते दमकको सरस्वती निम्न माध्यमिक विद्यालयमा आयोजना हुनेछ। त्यहाँस्थित ‘थ्री इन्क भिजन’, जय मिडिया र पूर्वाञ्चल रक्सले आयोजना गर्ने कार्यक्रम बेलुकी साढे पाँच बजेदेखि सुरु हुनेछ।

माघे संक्रान्तिका दिन नारायणघाटस्थित नारायणी नदीको किनारमै बेलुकी ६ बजे नेपथ्यको दोस्रो कन्सर्ट सुरु हुनेछ। त्यहाँस्थित ‘दाताजइभेन्ट म्यानेजमेन्ट’ले आयोजनाको जिम्मा लिएको छ।

ब्याण्डको अन्तिम प्रस्तुती माघ ४ गते भैरहवाको पक्लिहवाहाइ स्कुलमा बेलुकी ६ बजेदेखि सुरु हुनेछ। तामाङ समुदायको नयाँवर्ष मनाउने सोनामलोसारका दिन आयोजित यो कन्सर्टमा तामाङ भेगबाट‘भेँडाको ऊनजस्तो’ लगायतथुप्रै गीतहरु गाइने आयोजकले बताएको छ। भैरहवामा कार्यक्रम आयोजनाको जिम्मा ‘पर्फेक्ट इभेन्ट स्क्वाड’ले लिएको छ।

प्रकाशित: २३ पुस २०७४ १४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App