१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दुर्घटना न्यूनिकरणका लागि सडकमै प्रशिक्षण

गुल्मी – सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालय गुल्मीले सडकमै सवारी चालकलाई प्रशिक्षण दिन सुरु गरेको छ । जिल्ला ट्राफिक कार्यालय गुल्मीले आइतबार दिउँसो सदरमुकाम तम्घासमा सवारी चालक, सवारी धनी र आम सर्वसाधरणलाई सचेतना अभियान सुरु गरेको हो। 

‘ट्राफिक नियम जानौं र मानौं आफू पनि बचौं र अरुलाई पनि बचाऔं’  भन्ने नाराका साथ ट्राफिक प्रहरीले सडकमै प्रशिक्षण कार्यक्रम चलाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी अनुराग द्विबेदीले बताए । सडकमा तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना बढी हुनाले दुर्घटना न्यूनिकरण लागि अभियान सुरु गरेका हौँ, उनले भने ‘ सचेतना फैलाउन चालक, सवारी धनि लगायत सर्वसाधारणहरूलाई सडक प्रशिक्षण गराइएको छ ।’ ट्राफिक कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक डोरबहादुर थापाले एकै दिन सदरमुकाम तम्घासको चिदिचौर खेल मैदानमै र तम्घासकै खानीगाउँ भगवती मन्दिर नजिकै चोकमा विभिन्न सवारी चालक, सवारी धनी र सर्वसाधरणलाई राखेर दुर्घटना न्यूनिकरण गर्न जिम्मेरवार बन्न आग्रह गरे।

‘तीव्र गति जीवनको क्षति भन्ने कुरालाई मनन गरेर सिट क्षमता भन्दा बढी यात्रु नराखौं ट्राफिक प्रमुख थापा भन्छन ‘जिम्मेवार चालक बनेर दुर्घटना न्यूनिकरण गरौ।’ उनले सवारी चलाउदा सिट क्षमता, हेलमेट सवारी साधनको नियमित चेक जाँच लगायतका विषयमा समेत होसियारी बन्नु पर्ने बताए । सवारी चालकलाई दिने सचेतना अभियान जिल्लाको विभिन्न स्थानमा गरिने ट्राफिक कार्यालय गुल्मीले जनाएको छ।

सचेतना अभियानमा सवारी चालक, सवारी धनी र आम सर्वसाधारणलाई एक घण्टासम्मको प्रशिक्षण कार्यक्रम रहेको प्रहरीले जनाएको छ। गुल्मीमा दुर्घटना न्यूनिकरण गर्न भन्दै गुल्मीका सडकमा ऐना राखिएको पनि छ । तम्घास–रिडी–बुटवल सडक अन्र्तगत सदरमुकामसम्म जोडिने अति व्यस्त सडकमा दुर्घटना न्यूनिकरण गर्नको लागि १४ वटा सडक ऐनाहरू राखिएको छ। सडक डिभिजन कार्यालय पाल्पाको आर्थिक सहयोग र जिल्ला स्थित ट्राफिक कार्यालय, जिल्ला प्रशासन कार्यालय गुल्मी, जिल्ला प्रहरी कार्यालय लगायतको महत्वपूर्ण पहलमा उक्त ऐना राख्ने काम भएको हो। घुम्तीमा राखिएका ऐनाबाट विपरित दिशाबाट आइरहेको सवारीलाई देख्न सकिन्छ। यसले पनि दुर्घटना न्यूनिकरण गर्न ठूलो मद्दत गरेको चालकहरूको भनाइ छ । दुर्घटना न्यूनिकरण गर्न गुल्मीबाट छुट्ने सवारी साधनहरूलाई टाइम कार्ड व्यवस्था गरिएको छ । जिल्लाबाट पाल्पा, बुटवल, काठमाडौं लगायतका स्थानमा छुट्ने सवारीका साधनहरूलाई जिल्ला भित्र रिडीसम्म टाइम कार्डको व्यवस्था गरिएको छ। 

प्रकाशित: २३ पुस २०७४ १०:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App