१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

योगेशले स्थापना गरे दुई अक्षय कोष

काठमाडौं- ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले केन्द्रीय सचिव योगेश भट्टराईले जिल्लाको संगीत र पत्रकारिता क्षेत्रको विकासका लागि पाँच लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् ।
निर्वाचनमा सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्न राजधानीमा शनिबार आयोजित कार्यक्रममा उनले सो कोषको घोषणा गरेका हुन् ।
उनले ताप्लेजुङ संगीत प्रतिष्ठान स्थापना गर्ने र जिल्लाका विभिन्न भागमा रहेका संगीतप्रेमीलाई सोही कोषमार्फत सहयोग गर्ने घोषणा गरे । उनले संगीत प्रतिष्ठानका लागि सुरुमा तीन लाख रुपैयाँ कोषमा राखेका छन् । जिल्लाको गीतसंगीत क्षेत्रको विकासका लागि स्थापना भएको यो नै पहिलो कोष हो ।
त्यस्तै भट्टराईले पत्रकारिता क्षेत्रको विकास र जिल्लाका पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि  दुई लाख रुपैयाँको अक्षय कोष घोषणा गरेका छन् । जिल्लास्तिथ पत्रकारसँग सम्बन्धित संस्था तथा पत्रकार महासंघमार्फत पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिम, गोष्ठी तथा अन्य विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी उनले दिए ।
पत्रकारितालाई व्यावसायिक बनाउन पत्रकारहरुको क्षमता अभिवृद्धि महŒवपूर्ण भएको उल्लेख गर्दै कोष स्थापना गरेको उनले बताए । कोषको रकम क्रमशः बढाउने योजना छ ।
कार्यक्रममा भट्टराईले अब देश विकासका लागि आर्थिक समृद्धिको अभियान छेड्नुपर्ने उनले दोहो¥याए ।

प्रकाशित: २३ पुस २०७४ ०४:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App