१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘युवाले आफ्नै देशमा श्रम गर्नुपर्छ’

सर्लाही – नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले मरुभूमिलाई हराभरा बनाउने नेपालीले आफ्नै देशमा श्रम बगाउन सके मुलुक समृद्धितर्फ उन्मुख हुने बताएका छन् ।
शनिबार सर्लाही सदरमुकाम मलंगवामा द सहारा लोन सेभिंग्स को–आपरेटिभ सोसाइटी लिमिटेडको २१औं साधारण सभालाई सम्बोधन गर्दै उनले भने, ‘लाखौं नेपाली बिदेसिँदै मरुभूमि हराभरा पार्ने काम गरिरहेका छन्, तर त्यत्तिकै पसिना आफ्नै भूमिमा बगाउन सके मुलुकले दुई–चार वर्षमै समृद्धिको बाटो समाउँथ्यो ।’

क्षणिक आय दिने रेमिटेन्सका लागि मरुभूमितर्फ लाग्नुभन्दा सबै नेपालीले आफ्नै देशमा उत्पादनशील क्षेत्रमा हात हाल्नुपर्ने गभर्नर नेपालको सुझाव थियो । ‘पहिला पो केही काम गर्नका लागि ऋण लिन कि त बैंकहरुमा ठूलो सोर्सफोर्स लगाउनु पथ्र्यो, कि त चर्को ब्याजदरमा गाउँघरको साहु, महाजन समात्नु पथ्र्यो, अहिले त गाउँगाउँमा बैंक तथा वित्तीय संस्थाहरु ल ऋण लिनुहोस् भन्दै आउने गरेका छन्,’ उनले भने, ‘आफ्mनै पुँजी नहुनेले बैंकबाट ऋण लिएर कमाउन खाडी मुलुक जानुभन्दा देशमै उत्पादनशील काम थाले मुलुक समृद्धिको बाटोमा अघि बढ्छ ।’

साउनयता मुलुकमा तीन सय ६ अर्बको आयात भएको उल्लेख गर्दै गर्भनर नेपालले प्रश्न गरे, ‘कृषिप्रधान देशमा आलु, प्याजदेखिका सबैखाले खाद्यान्न भारतबाट आयात गर्नुपर्ने अवस्था छ अनि कसरी मुलुकले आर्थिक समृद्धि हासिल गर्छ ?’ यत्रो जलस्रोतको भण्डार भएको देश अन्नबाली उत्पादन गरेर आत्मनिर्भर बन्न नसक्नु ठूलो बिडम्बना भएको उनको तर्क थियो ।
मध्यतराईमा विशेष कार्यक्रम

गभर्नर नेपालले २ नम्बर प्रदेशका आठवटा जिल्लामा विशेष कार्यक्रम ल्याइने बताएका छन् । मानव विकास सूचकांककमा पछि परेकामध्ये तराईका जिल्लामा एक प्रतिशत ब्याजदरमा कर्जा दिने लगायत विशेष कार्यक्रम ल्याइने उनले जानकारी दिए । ‘उद्यमशीलता र आयआर्जन बढाउन व्यक्तिवा समूहलाई विशेष कार्यक्रम घोषणा गर्दैछौं ।’



 

प्रकाशित: २३ पुस २०७४ ०२:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App