१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

काठमाडौंमा शाही

काठमाडौं –  विराटजंग शाही काठमाडौँ जिल्ला फुटबल संघको अध्यक्षमा शनिबार निर्विरोध निर्वाचित भएका छन् । १३ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा युवराज श्रेष्ठ, मजेश शाक्य र नवीन महर्जन निर्वाचित भएका छन् ।

नवनिर्वाचित सदस्यहरूमा अजव श्रेष्ठ, प्रदीप लामा, दीपाकुमारी खड्का, राजु दाहाल, सुरेन्द्र बलामी, रमेश रुपाखेती, राजु अर्याल, पूर्णमान सिंह, सुमनमान सिंह बस्नेत रहेका छन् । शनिबारै बसेको नयाँ कार्यसमिति बैठकले महासचिवमा परेश सापकोटा र कोषध्यक्षमा अनुप कार्कीलाई मनोनयन गरेको छ ।

यसै गरी धादिङ जिल्ला फुटबल संघको शनिबार सम्पन्न तेस्रो साधारणसभाले दीपक खतिवडाको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन गरेको छ । समितिका वरिष्ठ उपाध्यक्षमा देवशसागर श्रेष्ठ, उपाध्यक्षमा रमेश अधिकारी, मनराज गोदार, राजाराम रेग्मी, महासचिवमा रामहरि थापा, सचिवमा राजेन्द्र सुवेदी, कोषाध्यक्षमा उत्तम सुवेदी र प्रवक्तामा राजन भण्डारीलाई चयन गरेको छ ।

प्रकाशित: २३ पुस २०७४ ००:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App