१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘पृथ्वीनारायण शाहको योगदानलाई बिर्सन मिल्दैन’

काठमाडौं –  नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पृथ्वीनारायण शाहको योगदानलाई बिर्सन र सम्मान गर्ने विषयबाट अलग गर्न नमिल्ने बताएका छन्।

राष्ट्रिय एकता दिवस तथा २६९औँ पृथ्वी जयन्तीका अवसरमा शनिबार आयोजित ‘नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह’ विषयक छलफलमा उनले इतिहासको सम्मान गर्न नचाहनेले आफ्नै भविष्य समाप्त पार्ने बताए।

महासचिव पोखरेलले भने, ‘पृथ्वीनारायण शाहको एकीकरणको अभियानलाई हामी अत्यन्त सकारात्मक ढंगबाट लिन्छौँ र त्यसलाई सम्मान गर्छांै, यो हाम्रो अडान हो, इतिहासलाई सम्मान गरेर मात्र अघि बढ्न सक्छौँ भन्ने हाम्रो बुझाइ हो ।’

राष्ट्रियता, सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र जनताको पक्षमा दृढतापूर्वक उभिनु नै एकताको मूल आधार भएको बताउँदै उनले भने, ‘हाम्रो अन्तरचेतनाले भन्छ, पृथ्वीनारायणलाई भुल्न र सम्मान गर्ने कुराबाट अलग हुन मिल्दैन ।’ रासस

प्रकाशित: २२ पुस २०७४ १६:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App