१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

महतको पहलमा १ मेगावाट विद्युतको सर्वे

जुम्ला– जिल्लाको तातोपानी गाउपालिका ४ झारगिडीमा १ मेगावाट विद्युत उत्पादनका लागि प्रारम्भिक सर्वे सम्पन्न भएको छ । राष्ट्रिय प्रसारण लाइन विस्तार नहुँदा अन्धकार झेलिरहेको जुम्लामा १ मेगावाट विद्युतको सर्वेसँगै स्थानीयमा खुसी छाएको छ । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गजेन्द्रवहादुर महतको पहलमा जिल्लामै पहिलो पटक एक मेगावाटको विद्युत सर्वे भएको हो ।  
काठमाडौंदेखि विद्युतका प्राविधिक आएर स्थलगतरुपमै सर्वे गरेका थिए । तातोपानी गाउँपालिकाका अगुवा, वडाअध्यक्ष सहितलाई साथमा लिएर सर्वे गरिएको थियो । हाँकु खोलाबाट दुई तीन किलोवाट विद्युत उत्पादन हुने सम्भावना भएपनि पहिलो प्रयासस्वरुप एक मेगावाट विद्युत उत्पादन गर्ने लक्ष लिइएको हो ।
तातोपानी गाउँपालिकाका अगुवा दीपक गौतमले विद्युत सर्वेसँगै मतदातामा उत्साह थपिएको बताए । उनले भने, ‘कर्णालीका नदीनालाबाट पानी खेर गइरहेकाबेला प्रतिनिधिसभा सदस्य महतले पहिलो काम विद्युत उत्पादनबाटै थालनी गर्नु जिल्लाकै लागि सुखद समाचार हो ।’
सर्वेपछि टोली काठमाडौं फर्केलगत्तै प्रतिवेदनका आधारमा लगानी खोजिने भएको छ । प्रतिनिधि सभा सदस्य महतले जुम्ला सधैं अन्धकार झेलिरहनुनपर्ने बताए  । उनले क्रण गरेरै भएपनि तीन वर्षमा उज्यालो जुम्ला बनाउने अभियान सपन्न गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । उनले विद्युत, सडक, खानेपानीलगायतका गौरवका आयोजना सञ्चालनमा आफ्नो जोड हुने बताए । उनले भने,ण् ‘एक मेगावाट विद्युतले जिल्लाको अन्धकार पन्छाउँदै उज्यालोको अनुभूति दिनेछ ।’

प्रकाशित: २२ पुस २०७४ ०७:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App