१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

व्यवसायी हत्याको विरोधमा रुपन्देही बन्द, जनजीवन प्रभावित

हत्या गरिएका बसन्त पौडेल (बलु) ।

भैरहवा– शुक्रबार हत्या गरिएका व्यवसायी बसन्त पौडेल (बलु) हत्याको विरोधमा युवा संघ रुपन्देहीले अनिश्चितकालिन रुपन्देही बन्द गरेको छ। 

बन्दका कारण बिहानैदेखि रुपन्देहीको जनजीवन प्रभावित भएको छ । भैरहवामा बन्दको आंशिक प्रभाव परेपनि बुटवल बजार पूर्ण रुपमा बन्द छ । स्कूल कलेज बन्द छन् । यातायात, उद्योग कलकारखाना ठप्प छन। बन्दका कारण सिद्धार्थ राजमार्ग र पूर्व पश्चिम राजमार्गको सालझण्डी बुटवल र बुटवल खैरेनीसम्मको सडकका लामो तथा छोरो दूरीका सवारी साधन चलेका छैनन।

शुक्रबार रुपन्देहीको देवदह २ मा युवा संघका सदस्य समेत रहेका काठ व्यवसायी पौडेलको गोली हानी हत्या गरिएको थियो । युवासंघ रुपन्देहीले नागरिकको शान्ति सुरक्षाको पूर्ण प्रत्याभूती गर्न र घटनाको सत्य तथ्य पत्ता लगाइ दोषीलाई तत्काल पक्राउ गर्न माग गर्दै आजदेखि अनिश्चितकालिन रुपन्देही बन्दको घोषणा गरेको हो।

गत वर्षको पुसमा पनि सोही ठाउमा युवा संघका दुर्गा तिवारीलाइ गोली हानी हत्या गरिएको थियो । प्रहरीले तिवारी हत्याका मुख्य नाइकेलाई पक्राउ गर्न नसक्दा अर्का व्यवसायीले ज्यान गुमाउनु परेको भन्दै हत्यारा पक्राउ नपर्दा सम्म आन्दोलन नरोकिने युवासंघ रुपन्देहीका अध्यक्ष नकुल शाहीले बताए।

विभिन्न राजनीतिक दल तथा व्यवसायिक संघसंगठन र मानव अधिकारवादी संघसंस्थाहरूले पनि तत्काल अपराधिलाई पक्राउ गरी कारबाही गर्न र नागरिकको बाँच्न र पेशा व्यवसाय गर्न पाउने अधिकारको संरक्षण गर्न  माग गरेका छन।

प्रकाशित: २२ पुस २०७४ ०६:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App