१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पोचेटिन्होलाई चिन्ता छैन

लन्डन– टोटेनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिन्होले बिहीबार वेस्ट ह्यामसँग १–१ को बराबरीमा रोकिए पनि इङलिस प्रिमियर लिगको शीर्ष ४ बारे चिन्तित नभएको बताएका छन् ।

७०औं  मिनेटमा पेड्रो ओवियाङले गरेको गोलमा वेस्ट ह्यामले अग्रता लिएको थियो । खेल सकिन ६ मिनेट बाकी हुँदा ह्युङ–मिन सनले गोल गर्दै टोटेनह्यामलाई खेलमा फर्काएका थियो । यस बराबरीपछि २२ खेलमा ४१ अंक जोडेको टोटेनह्याम पाँचौं स्थानमा बस्दा समान खेलमा २२ अंक जोडेको वेस्ट ह्याम १५औं स्थानमा छ । पोचेटिन्होले सिजन सकिन अझै लामो यात्रा बाँकी भएकाले टोलीको शीर्ष ४ मा बस्ने सम्भावना बारे अहिले चिन्ता नलिएको बताए  ।

‘हामी अहिले मध्य सिजनमा छौं । त्यसैले अहिले क्लबको शीर्ष ४ को सम्भावनालाई  लिएर चिन्तित हुन आवश्यक छैन,’ पोचेटिन्होले भने, ‘म टोलीको प्रदर्शनबाट सन्तुष्ट छु । तर नतिजाबाट म अझै सन्तुष्ट बन्न सकेको छैन । हामी जितका लागि सक्षम टोली  हांै । तर फुटबल खेलमा सधै आफू अनुकुल नतिजा आउदैन र हामीले यो स्विकार गर्नुपर्छ ।’

‘४८ घण्टाको अन्तरमा लगातार दुई खेल खेल्दा पनि खेलाडीले एकै रुपको प्रदर्शन गरेका छन् । तर पनि हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकिरहेका छैनौं,’ पोचेटिन्होले थपे, ‘हामी फिनिसिङमा चुकिरहेका छांै ।
वेस्ट ह्यामका प्रशिक्षक डेविड मोयेजले टोटेनह्यामविरुद्ध अंक खोस्नु नै उपलब्धी भएको बताए । ‘टोटेनह्याम उत्कृष्ट टोली हो । तर आज हामीले उनीहरुलाई स्पष्ट तीन अंक जोड्नबाट रोक्न सफल भयौं,’ मोयेजले भने ।

प्रकाशित: २२ पुस २०७४ ००:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App