१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चार नम्बर प्रदेशमा समस्या छैन : उपप्रम श्रेष्ठ

स्याङ्जा – उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले अन्य प्रदेशमा जस्तो ४ नम्बर प्रदेशमा समस्या नरहेको बताएका छन्।

प्रदेशको राजधानी कहाँ राख्ने भन्ने विषयमा विवाद उत्पन्न भइरहेका बेला ४ नं प्रदेश विवादमुक्त रहेको र यसको राजधानी पोखरा निश्चित भएको उनले बताए।

उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई सदरमुकाममा शपथ ग्रहण गराउँदै काँग्रेस केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठले काँग्रेस प्रतिपक्षका तर्फबाट रचनात्मक भूमिकामा रहन तयार रहेको बताए। ‘मुलुकमा तीन वटा निर्वाचन सम्पन्न भएका छन्,’ नेता श्रेष्ठले भने, ‘अब दलहरु एक जुट भएर मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानु आवश्यक छ।’

प्रकाशित: २१ पुस २०७४ १५:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App