१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

प्रधानमन्त्रीले भने–चिनियाँ राष्ट्रपतिलाई छिट्टै स्वागत गर्न पाउने अपेक्षा छ

चाइना इन्स्टिच्यूट अफ कन्टेम्पोररी रिलेसन्स्का प्रतिनिधि र प्रधानमन्त्री दाहाल बालुवाटारमा । तस्बिर: प्रधानमन्त्रीकाे सचिवालय

काठमाडौं, २५ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपतिलाई छिट्टै नेपालमा स्वागत पार्न पाउने अपेक्षा गरेको बताएका छन्। मंगलबार विहान प्रधानमन्त्री निवास पुगेको चिनियाँ टोलीसँग प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपतिलाई नेपालमा स्वागत गर्न पाउने अपेक्षा गरेको बताएका हुन्।

प्रधानमन्त्री दाहाललाई भेट्न मंगलबार विहान  चाइना इन्स्टिच्यूट अफ कन्टेम्पोररी रिलेसन्स्को टोली बालुवाटार पुगेको थियो।
चिनियाँ राष्ट्रपति सी जिनपिङले आगामी असोजमा नेपाल भ्रमण गर्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपतिलाई नेपालमा स्वागत गर्न पाउने अपेक्षा राखेको बताएका हुन्।  भेटमा चिनियाँ टोलीपनि आगामी असोजमा राष्ट्रपति सी जिनपिङ नेपाल आउने संभावना रहेको बताएको छ। चिनियाँ टोलीले नै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको संभावना रहेको बताएका थिए।

भेटमा चिनियाँ टोलीले चीन  दाहाल नेतृत्वको सरकारसँग सकारात्मक र दिगो सम्बन्ध स्थापित गर्न चीन तयार  रहेको बताएको थियो। भेटमा चिनियाँ टोलीले भूकम्पको पूनर्निर्माणमा  चिनियाँ अनुभवको आदान–प्रदान एवं सहयोग गर्न तयार गरेको जनाएको प्रधानन्त्रीको सचिवालयले जनाएको छ।  चिनियाँ टोलीले ठूला परियोजनामा सहयोग गर्न चीन तत्पर रहेकोसमेत प्रधानमन्त्रीलाई जानकारी गराएको थियो।  सो भेटमा चिनियाँ विज्ञहरुले नेपालमा चिनियाँ पर्यटकको संख्या वृद्धि गर्न पर्यटन पूर्वाधारमा विकासका लागि अनुरोध गरेका थिए।

भेटमा प्रधानमन्त्री दाहालले  नेपालले चीनसँगको सम्बन्ध भरपर्दो र दीर्घकालीन बनाउन चाहेको भन्दै दुई ठूला देशहरुसँग त्रिदेशीय सम्बन्ध स्थापित गर्न सरकार ईच्छुक रहेको बताएका थिए। प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपतिलाई नेपालले छिटै स्वागतगर्न पाउने अपेक्षा गर्दै दुई पक्षीय सम्बन्ध थप बलियो बन्ने विश्वास व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

 

प्रकाशित: २५ श्रावण २०७३ ०७:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App