१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

नारायणगढमा नेपथ्यको कन्सर्ट

चितवन– माघेसंक्रान्तिका दिन प्रख्यात सांगीतिक ब्यान्ड नेपथ्यले नारायणगढमा लाइभ कन्सर्ट गर्ने भएको छ । नारायणी नदी किनारमा नेपथ्यले तीन वर्षपछि कार्यक्रम गर्न लागेको हो ।

‘नेपथ्यले नेपाली लोक, आधुनिक संगीतमा बेग्लै पहिचान, उचाइ र लोकप्रियता कमाएको छ । चितवनका संगीत पे्रमीहरूले यस पटक पनि नेपथ्यका नयाँ पुराना गीत सुन्ने अवसर पाउनेछन्,’ कार्यक्रम आयोजक दाताज इभेन्ट म्यानेजमेन्टका दाताराम घिमिरेले भने । कार्यक्रमका लागि टिकट बिक्री सुरु भइसकेको घिमिरेले बताए । टिकटको मूल्य एक हजार र पाँच सय रुपैयाँ कायम गरिएको उनले बताए ।
नेपथ्य स्थापना भएको २५ वर्ष भएको छ । ‘२५ औं वर्षगाँठ अर्थात रजत जयन्ती मनाइरहँदा नेपथ्यले देशका विभिन्न सहरमा कन्सर्ट गर्नेछ । चितवनमा नेपथ्यजस्तो लोकप्रिय ब्याण्डलाई प्रस्तुत गर्न पाउँदा हामी गौरवान्वित छौं,’ घिमिरेले भने ।
करिब १० हजार दर्शकले टिकट काटेर कार्यक्रम हेर्ने आयोजकको अपेक्षा छ । ‘टिकट बिक्री सुरु भएको छ । अहिले नै जे जति बिक्री भएको छ त्यसले दश हजार दर्शक कार्यक्रम हेर्न आउनेमा हामी ढुक्क छौं,’ नेपथ्य लाइभ २०१८ का निर्देशक रहेका सूर्य अधिकारीले भने ।
तीन वर्षअघि नेपथ्यले नारायणी नदी किनारमा कार्यक्रम गर्दा दर्शकको उल्लेख्य उपस्थिति रहेको र अहिले पनि उल्लेख्य दर्शक आउने अधिकारीले बताए । कार्यक्रमको प्रचारका लागि आउँदो आइतबारबाट चितवन र आसपासका क्षेत्रमा ‘प्रि–इभेन्ट म्युजिकल टुर’ सुरु गर्ने दाताराम घिमिरेले बताए । चितवन, नवलपुर, मकवानपुर तनहुँका २५ देखि ३० ठाउँमा त्यस्तो टुर गरिने उनले बताए ।
    

 

प्रकाशित: २१ पुस २०७४ ०१:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App