१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सुदूर पश्चिम सुपर लिगमा

काठमाडौं– मध्यमाञ्चल क्षेत्रमाथि बिहीबार १–० को कठिन जित हासिल गर्दै सुदूर पश्चिमाञ्चलले राखेप च्याम्पियनसिपअन्तर्गत १६औं राष्ट्रिय महिला फुटबल लिगमा समूह ‘ए’ बाट सुपर लिगको यात्रा तय गरेको छ ।
समूह ‘ए’ बाट यअसघि नै विभागीय टोली नेपाल पुलिस क्लब सुपर लिग पुगिसकेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा किरण चौधरीले सातौं मिनेटमा गरेको गोल बिहीबार सुदूर पश्चिमाञ्चललाई सुपर लिगमा पु¥याउन पर्याप्त भयो । सुरुमै अग्रता लिएपछि सुदूर पश्चिमाञ्चलले त्यसलाई जोगाउन रक्षापंक्तिमा जोड दिएको थियो । जसका कारण मध्यमाञ्चलले पुनरागमनका लागि थुप्रै प्रयास गरे पनि सफल भएन ।

बिहीबारै सम्पन्न समूहको अर्को खेलमा यसअघि नै सुपर लिग प्रवेश गरिसकेको नेपाल पुलिस क्लबले पूर्वाञ्चलमाथि ५–० को सहज जित हासिल ग¥यो । पुलिसको जितमा निर्मला विकेले ह्याट्रिक गरिन् भने निरु थापाले दुई गोल थपिन् ।
चौथो मिनेटमै पुलिसलाई अग्रता दिलाएकी निर्मलाले १५औं मिनेटमा दोस्रो गोल गरेकी थिइन् भने मध्यान्तर हुन तीन मिनेट बाँकी रहँदा उनले व्यक्तिगत ह्याट्रिक पूरा गरेकी थिइन् । पहिलो हाफमै पुलिसले पूर्ण नियन्त्रणमा लिइसकेको खेलमा निरुले अन्तिम समयमा दुई गोल थपिन् । उनले ७७औं मिनेटमा व्यक्तिगत गोलको खाता खोलेकी थिइन् भने अन्तिम मिनेटमा अर्को गोल गर्दै पुलिसको जितअन्तर फराकिलो पारिन् ।

 

प्रकाशित: २१ पुस २०७४ ००:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App