‘ओली, दाहाल र देउवाबाट संविधानको फरक व्याख्या भयो’

बिहिबार, २० पुष २०७४, २१ : २५ नागरिक

काठमाडौं – निर्वाचनबाट नयाँ जनादेश पाएका जनप्रतिनिधिलाई सहजरुपमा सत्ता हस्तान्तरण गर्नुपर्नेमा वरिष्ठ अधिवक्ताहरुले जोड दिएका छन्।

कानून पत्रकार मञ्चले विहीबार आयोजना गरेको ‘निर्वाचनपछिको संवैधानिक निकास’ विषयक अन्तरक्रियामा वरिष्ठ अधिवक्ता शम्भु थापाले निर्वाचनबाट नयाँ जनमत लिएर आएकालाई सत्ता हस्तान्तरण गर्नुको विकल्प नभएको बताएका हुन्।

उनले भने, ‘संसदीय निर्वाचन पद्धतिमा निर्वाचनबाटै अधिकार प्राप्त भएपछि संविधानको कुनै पनि धाराले सरकार गठन गर्न छेक्दैन, निर्वाचन नै नागरिक सर्वोच्चताका लागि हो, निर्वाचनका कारणले नागरिक सर्वोच्चता संसारमा कहीँ पनि रोकिँदैन।’

नेपालमा संविधानको व्याख्या गर्दा संविधानभन्दा पनि बढी ज्ञाता भएर आफू अनुकूल व्याख्या गर्नु गलत भएको चर्चा गर्दै वरिष्ठ अधिवक्ता थापाले केपी ओली, प्रचण्ड र शेरबहादुर देउवाका तर्फबाट संविधानको व्याख्या गर्दा फरक फरक ढंगले हुने गरेको तर त्यसमा दोष तीन शीर्ष नेताको नभई संविधानको व्याख्या गर्नेको भएको तर्क गरे।

व्यवस्थापकीय संसदीय अभ्यासमा संसद्को कार्यकाल समाप्त भए पनि संसद् कहिल्यै अन्त्य नहुने उल्लेख गर्दै उनले थपे, ‘निर्वाचन हुनु वा विघटन हुनु भनेको संसद् मर्नु होइन, नयाँ गठनका लागि उन्मुख हुनु मात्रै हो ।’

सर्वोच्च अदालत बारका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता शैलेन्द्रकुमार उपाध्यायले देशमा निर्वाचन भएर नयाँ जनादेश आइसकेकाले सहजरुपमा सत्ता हस्तान्तरण गर्नु वर्तमान सरकारको दायित्व भएको बताए।

निर्वाचनको समानुपातिक मतपरिणाम घोषणा गर्न जरुरी छ भन्दै उनले भने, ‘निर्वाचन आयोगले किन समानुपातिको मतपरिणाम घोषणा नगरेको हो ? त्यो मुुलुकका लागि ठीक होइन, तत्काल निकास दिनु जरुरी छ ।’

पूर्व महान्यायाधिवक्ता हरि फुयाँलले संघीय संसद्मा ३३ प्रतिशत महिला पुग्नैपर्ने संवैधानिक व्यवस्था भएको उल्लेख गर्दै १० प्रतिशत मात्र पाएको दलले पनि त्यसको ३३ प्रतिशत महिला पुर्‍याउनुपर्ने उल्लेख गरे।

नागरिकले मतदान गरेर पठाएका जनप्रतिनिधिलाई सहजरुपमा सत्ता हतान्तरण गर्नुको विकल्प नभएको उनको भनाइ थियो ।








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad