१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

केन्द्र विवादले भिमसेन गाउँपालिकामा तालाबन्दी

गोरखा – गोरखाको भिमसेन गाउँपालिकाको केन्द्र सार्ने विषयमा बिवाद हुँदा गाउँपालिकाको कार्यालयमा बिहीवार तालाबन्दी भएको छ । बगुवामा रहेको केन्द्र घ्याम्पेशाल सार्न लागिएको विरोध गर्दै बगुवाका स्थानीय र जनप्रतिनीधिले विरोध जनाउँदै आएका थिए । त्यस क्षेत्रका स्थानीयले गाउँपालिकाको कार्यालयमा विहीबार दिउँसो कर्मचारीलाई बाहिर निकालेर तालाबन्दी गरेका हुन्। 

गाउँपालिका प्रमुख ईश्वर पाण्डेले केन्द्र सार्ने विषयमा लामो समयदेखि छलफल हुँदै आएको र केही सार्नुपर्छ भन्ने र केही सार्नुहुन्न भन्नेमा रहेको बताए। ‘केन्द्र सार्ने, नसार्ने भन्नेमा बहुमतले सार्नुपर्छ भनेपछि मैले सार्ने निर्णय पठाएको हुँ’ उनले भने ‘संविधान र कानुन भन्दा बाहिर गएर बहुमतले गरेको निर्णय मान्दिन भन्दै विरोध गर्नु जायज होइन ।’ गाउँपालिकाको कार्यालयमा लगाएको ताला प्रशासनले तत्काल खोल्ने उनले बताए । उपभोक्ताले योजना सम्झौता, गाउँपालिकाको काम सबै प्रभावित गरेर ताला लगाउने अधिकारी कसैलाई नभएको भन्दै उनले तत्काल नखोले जसरी पनि खुलाउने चेतावनी समेत दिएका छन् । उनले भने ‘संविधानलाई चुनाव लडेर जितेर आएपछि अझै पनि संवैधानीक प्रक्रिया नबुझ्ने, नमान्ने हो भने के अर्थ, कानुनले दिएको अधिकार अनुसार गाउँपालिका अगाडि बढ्छ ।’ 

गाउँपालिकाको केन्द्र वडा नम्बर ४ को बगुवामा राख्ने या १ को मसेलमा भन्नेमा लामो समयदेखि विवाद छ । माओवादीबाट विजयी जनप्रतिनीधिले बगुवा राख्नुपर्छ भनेका छन् भने कांग्रेसबाट विजयीले घ्याम्पेशाल लैजानुपर्छ भनेका छन । कांग्रेसका २५ जना छन भने गाउँ कार्यपालिकामा माओवादीबाट बिजयी जनप्रतिनीधि १५ जना छन् । दुईदलबाट विजयी प्रतिनीधि दुईकित्तामा विभाजित हुँदा केन्द्र सार्ने विषय पेचिलो बनेको हो। बगुवाका स्थानीयले सार्न नहुने भन्दै बिरोध जनाएका छन् । स्थानीय प्रेमचन्द्र श्रेष्ठको संयोजकत्वमा संघर्ष समिति गठन गरेर बगुवाका स्थानीय केन्द्र सार्न नहुने पक्षमा छन् । तीनै व्यक्तिले गाउँपालिकाको केन्द्र पुगेर तालाबन्दी गरेका एक कर्मचारीले बताए । 

प्रकाशित: २० पुस २०७४ १२:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App