१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

वैकल्पिक राजनीतिक धार बन्ने नयाँ शक्तिको संकल्प

काठमाडौ– नयाँ शक्ति नेपालले ध्रुवीकरण, गठबन्धन र तालमेलको भ्रमलाई चिर्न नसक्दा पार्टीले चुनाव हारेको ठहर गरेको छ ।

कास्की माछापुच्छ्रे गाउँपालिकाकाको ल्वाङ होमस्टेमा सम्पन्न महाधिवेशन आयोजक कमिटिको पूर्ण बैठकले भनेको छ, ‘सम्पन्न निर्वाचनमा नयाँ शक्ति पार्टीले अपेक्षाकृत जनमत प्राप्त गर्न नसक्नुको मुख्य कारण पार्टीले तर्जुमा गरेको नीतिलाई जनमानसमा प्रभावकारी रुपले पुर्‌याई त्यसप्रति आकर्षित गराउन नसक्नु तथा देश र जनताका लागि सकारात्मक उपलब्धी प्राप्त गर्ने उद्देश्य खातिर विभिन्न शक्तिसँग ध्रुवीकरण, गठबन्धन र तालमेल आदिमा अनेक प्रकारले लाग्नु र त्यसबाट पछि उत्पन्न भ्रमलाई चिर्न नसक्नु हो भन्ने बैठकले ठहर गरेको छ ।’ नयाँ शक्तिका उम्मेदवारहरु स्थानीय तहमा ११०, प्रदेशसभामा ३ र प्रतिनिधिसभामा १ जना विजयी भएका थिए ।

बैठकले पार्टीलाई सशक्त वैकल्पिक राजनीतिक शक्तिका रुपमा विकास र विस्तार गर्ने सहितका १० बुँदे घोषणापत्र जारी गरेको छ ।

नयाँ शक्तिले आगामी फागुन १०, ११ र १२ गते संघीय परिषद्को बैठक बस्ने र ५ वर्षे कार्ययोजना बनाउने निर्णय गरेको छ । 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App