चार करोड पर्यटक प्रवेश शुल्क संकलन

बिहिबार, २० पुष २०७४, ०७ : २४ नागरिक

सोलुखुम्बु– खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटक प्रवेश शुल्कबापत चार करोड ४७ लाख १६ हजार रुपैयाँ राजस्व संकलन गरको छ ।  पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड निषेध गर्दै गाउँपालिकाले अक्टोबर एक तारिखदेखि शुल्क उठाउन सुरु गरेको थियो । अक्टोबर १ देखि डिसेम्बर अन्तिमसम्म आएका कूल २२ हजार तीन सय ५८ पर्यटकबाट प्रतिव्यक्ति दुई हजार रुपैयाँका दरले प्रवेश शुल्क संकलन गरेको खुम्बुपासाङ ल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिए । 

अक्टोबरमा पुरुष आठ हजार पाँच सय ५१ र महिला पाँच हजार पाँच सय ७७ गरी १४ हजार एक सय २८ पर्यटक आएका थिए । नोभेम्बरमा पुरुष चार हजार ५६ र महिला दुई हजार ६ सय २० गरी ६ हजार ६ सय ७६ तथा डिसेम्बरमा एक हजार पाँच सय ५४ जना पर्यटक भित्रिएका हुन्  । 

नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)ले ११ वर्षदेखि निरन्तर टिम्स कार्डबापत प्रतिपर्यटक दुई हजार रुपैयाँ शुल्क लिँदै करोडौँ पर्यटक प्रवेश शुल्क उठाए पनि खुम्बु क्षेत्रमा पर्यटन प्रवद्र्धनका खासै काम गर्न नसकेको भन्दै गत असार २५ गते बसेको गाउँकार्यपालिकाको बैठकले टिम्स कार्ड निषेध गर्ने र आफैँले पर्यटक प्रवेश शुल्क उठाउने निर्णय गरेको थियो । 

सोही निर्णयअनुसार गाउँपालिकाले टिम्स कार्ड निषेध गर्दै प्रवेश शुल्क लिएको गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले बताए । गाउँपालिकाले लिएको शुल्कले पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वधार निर्माणलगायत काम गर्ने शेर्पाको भनाइ छ । विश्वको सर्वोच्च शिखर सगरमाथा, थामसेर्कु, कोङ्दे, आमादब्लमलगायत हिमशृंखला खुम्बु गाउँपालिका भित्र पर्छ ।








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad