१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

जन्मदिनमा इन्गेजमेन्ट ?

मुम्बई– बलिउड नायिका दीपिका पादुकोण नयाँवर्षको पूर्वसन्ध्या र नयाँ वर्षपछि दुई कारणले चर्चामा आइन् । नयाँ वर्ष २०१८ को पूर्वसन्ध्यामा उनको शीर्ष अभिनिय रहेको फिल्म ‘पद्मावती’लाई भारतीय फिल्म सेन्सर बोर्डले लामो समयको विवादपछि पास सर्टिफिकेट दियो ।

त्यस्तै उनी चर्चामा रहनुको अर्को कारण भने उनको विवाहको खबर हो ।  लामो समयदेखि प्रेमी अभिनेता रणवीर सिंहसँग रोमान्स गरिरहेकी दीपिकाले हालै मात्र श्रीलंकामा रणवीरसँग नयाँवर्ष मनाइन् । जनवरी ५ मा आउन लागेको आफ्नो जन्मदिन पनि दीपिका श्रीलंकामा नै मनाउने मुडमा छिन् । उनले जन्मदिनकै अवसरमा रणवीरसँग इन्गेजमेन्ट गर्न लागेकी हुन् कि भन्ने समाचारले अहिले भारतको मनोरञ्जन उद्योग तातेको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार दीपिका र रणवीरको परिवार पनि आफ्ना सन्तानको योजनालाई मूर्त रूप दिने तयारीमा छन् । त्यसका लागि उनीहरू इन्गेजमेन्ट र विवाहको योजना बनाइसकेका छन् । रणवीर श्रीलंका एक विज्ञापनको सुटिङका लागि गएका थिए । यही मौकालाई सदुपयोग गर्दै प्रेमी भेटेर नयाँवर्ष मनाउन पनि दीपिका उतै उडेकी थिइन् । केही समयअघि मात्र रणवीरले दीपिकाको अभिभावकलाई भेटेका थिए । बलिउडमा रुचाइएको यो जोडीले अहिलेसम्म आधिकारिक रूपमा भने आफ्नो प्रेम स्वीकारेको छैन । तर, पनि यो जोडी विभिन्न कार्यक्रममा सँगसँगै देखिँदै आएको छ । 
हालै मात्र एक अन्तर्वातामा दीपिकाले रणवीरसँगको सम्बन्धलाई लिएर आफूहरूको सम्बन्धमा तेस्रो पक्षको आवश्यकता नरहने बताएकी थिइन् । फिल्म ‘पद्मावती’मा रणवीर सिंहले तेस्रो पटक जोडी बनाएकी हुन् । 

 

प्रकाशित: २० पुस २०७४ ०१:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App