१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

रोकियो नेपोली

रोम– एट्लान्टालाई मंगलबार २–१ को नतिजा सुम्पिएसँगै इटालियन सिरी ‘ए’ को शीर्ष क्लब नेपोलीको इटालियन कप यात्रा क्वार्टरफाइनलबाटै पूर्णविराम लागेको छ ।
२०औं मिनेटमा टिमोथी कास्टान्जीले गरेको गोलमा एट्लान्टाले अग्रता लिएको थियो । खेल सकिन ९ मिनेट बाँकी हुँदा एलेसान्ड्रो गोमेजले गोल गर्दै एट्लान्टाको अग्रता दोब्बर पारेका थिए । त्यसको तीन मिनेटपछि द्रिइस मार्टिन्सले गरेको गोलमा नेपोलीले खेलमा फर्कने प्रयास गरे पनि त्यो पर्याप्त भएन । एट्लान्टाले सेमिफाइनलमा युभेन्ट्स र टोरिनोको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

 

प्रकाशित: २० पुस २०७४ ००:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App