साउदी जेलमा रहेका थानेश्वर भुसालको ‘ब्लड मनी’ जुट्यो

बुधबार, १९ पुष २०७४, २१ : १७ नागरिक

काठमाडौं – सडक दुर्घटना गराएको आरोपमा साउदी अरबमा चार वर्षदेखि जेल जीवन बिताइरहेका नवलपरासी, मध्यबिन्दुका थानेश्वर भुसालको जीवनरक्षाका लागि आवश्यक रकम ‘ब्लड मनी’ जुटेको छ।

मध्यबिन्दु नगरपालिका, नवलपरासीका भुसालले साउदीमा सवारी चालकका रुपमा काम गर्दैगर्दा अर्को सवारी साधनले आएर ठक्कर दिँदा दुई जनाको ज्यान गएको थियो।

सो घटनामा साउदी अदालतले एक लाख ५० हजार रियाल अर्थात् करिब रु ४५ लाख बढी रकम तिर्नुपर्ने अन्यथा आजीवन काराबासको सजाय भोग्नुपर्ने फैसला गरेको थियो। भुसालको आर्थिक अवस्था कमजोर रहेका कारण ‘ब्लड मनी’बापतको रकम तिर्न नसक्ने अवस्थालाई ध्यानमा राखी वैदेशिक रोजगारका क्षेत्रमा काम गर्दै आएको संस्था प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) ले भुसालको परिवारसँगको समन्वयमा सो रकम जुटाउन कोष खडा गरी अभियान नै शुरु गरेको थियो।

कोषमा देश विदेशबाट गरी रु ४५ लाख ८५ हजार २४३ जुटेकाले अब सहयोग उठाउने कार्य बन्द गरिएको पिएनसिसीका अध्यक्ष कुलप्रसाद कार्कीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

उनले भने, ‘कोषको नाममा रहेको खातामा रु २३ लाख १५ हजार २४३ जम्मा भइसकेको छ। कोषमा जम्मा नभए पनि रु २२ लाख २७ हजार विभिन्न निकाय र संघसंस्थाले दिने घोषणा गरेका छन्। यो रकम जोड्दा ४५ लाखभन्दा बढी हुन्छ।’

पिएनसिसीका महासचिव सोमा लामिछानेले कोषमा जम्मा भएको रकम नेपाल सरकारलाई हस्तान्तरण गरी भुसाललाई नेपाल फर्काउन प्रक्रिया शुरु गरिने जानकारी दिए।

भुसाल विसं २०६७ असोजमा साउदी अरब गएका थिए। साउदीमा चालकको काम गर्ने क्रममा त्यहाँ गएको १० महिनापछि उनको गाडीलाई पछाडिको गाडीले ठक्कर दिँदा अगाडि रहेको गाडीमा गएर ठोक्किँदा अगाडिको गाडीमा रहेका एक साउदी नागरिकको मृत्यु भएको थियो ।

साउदी नागरिकको मृत्युपछि त्यहाँको अदालतको सुनुवाइका क्रममा भुसाल र गाडीलाई पछाडिबाट ठक्कर दिने गाडीका चालक गरी दुई जनाले गरी साउदी रियाल तीन लाख अर्थात् करिब रु ९० लाख नेपाली तिर्नुपर्ने फैसला अदालतले गरेको थियो । अदालतको फैसलाअनुरुप भुसालले क्षतिपूर्तिबापतको आधा ४५ लाख तिर्नुपर्ने र नतिरेमा आजीवन जेलजीवन बिताउनुपर्ने थियो । रासस





यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad