१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

शीत लहरका कारण दुई दिन विद्यालय बन्द, जनजीवन प्रभावित

लहान – अत्यधिक चिसो र शीतलहर बढेपछि सिरहाका सामुदायिक विद्यालयमा दुई दिन बिदा दिइएको छ।

जिल्ला शिक्षा कार्यालयमा बसेको शिक्षा समितिको बैठकले अत्यधिक चिसोका कारण बालबालिका बढी प्रभावित भएको भन्दै बिहीवार र शुक्रबार दुई दिन सामुदायिक विद्यालयमा बिदा दिने निर्णय गरेको हो।

दुईपछि पनि मौसममा सुधार नआए पुनः बैठक बसेर बिदा दिने वा नदिने निर्णय लिइने जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले जानकारी दिए।

यस्तै, चिसो बढेपछि सिरहाको धनगढीमाई नगरपालिका–९ का दलित विपन्न परिवारलाई कम्बल र विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। वैदेशिक रोजगारीमा रहेका धनगढीमाई नगरापालिका–९ का युवाले संकलन गरी पठाएको रकमबाट कम्बल र शैक्षिक सामग्री खरिद गरेर वितरण गरिएको हो।

धनगढीमाई नगरपालिकाका उपप्रमुख फुलकुमारी श्रेष्ठले दलित विपन्न ३२ परिवारलाई जाडो छल्न कम्बल र उक्त बस्तीका ७२ बालबालिकाहरुलाई विभिन्न शैक्षिक सामग्री वितरण गरिन्।

यहाँ शीतलहर र चिसोका कारण जनजीवन कष्टकर बनेको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन् । लहानस्थित जिल्ला अस्पताल, लहान अस्पताल तथा ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप निक्कै बढेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । दैनिक चिसोका कारण बिरामी परेका करिब २० देखि २५ जना उपचारका लागि आउने गरेको जिल्ला अस्पालका मेसु डा चुमनलाल दासले जानकारी दिए।

पछिल्लो एक सातायता चिसो झनै बढेपछि सदरमुकाम र जिल्लाका अन्य बजार क्षेत्रमा चहलपहल र आवागमन निक्कै पातलिएको छ भने सरकारी कार्यालयमा सेवाग्राहीको संख्या ह्वातै घटेको छ। रासस

प्रकाशित: १९ पुस २०७४ १४:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App