१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आठ किलो चरेससहित सांसद उम्मेदवार पक्राउ

रौतहट – हालै सम्पन्न प्रतिनिधि सभाकाे निर्वाचनमा उम्मेदवार बनेका एक युवक रौतहटमा चरेससहित पक्राउ परेका छन्। 

रौतहट क्षेत्र नम्बर ४ का लागि वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीबाट प्रतिनिधि सभाको उम्मदेवार रहेका गरुडा नगरपालिका ५ लक्ष्मीपुरका शिवशंकर पाण्डे प्रतिबन्धित लागू औषध चरेससहित पक्राउ परेका हुन्।

विशेष सुराकीको आधारमा चरेससहित पाण्डेलाई माधव नारायण नगरपालिकाको सखुअवाबाट बुधवार दिउँसो पक्राउ गरिएको हो । पाण्डेले बोकेको झोलालाई चेकजाँच गर्दा करिव ८ किलोभन्दा बढी चरेस बरामद भएको बुधवार रौतहट प्रहरीले जनाएको छ।

पाण्डलाई चेकजाँच गर्न थालेपछि उनीसँगै रहेका अन्य व्यक्ति भागेको हुनसक्ने प्रहरीको आशंका रहेको छ। मध्यरौतहटमा क्रान्तिकारी युवाको छवि बनाएका पाण्डेलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको तथा विहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने रौतहट प्रहरीका एसपी यज्ञविनोद पोखरेलले जानकारी दिएका छन्। 

स्रोतका अनुसार पक्राउ परेका पाण्डेसंगै अर्का एकजना व्यक्ति पनि संलग्न रहेको तथा प्रहरीलाई देख्नासाथ फरार भएको हुूँदा उनको पनि खोजतलास भइरहेको छ । लागूऔषधसहित पक्राउ परेका पाण्डे गाउँकै माध्यमिक विद्यालयमा अंग्रेजी विषयको शिक्षकको रुपमा काम गर्दै आएका थिए। 

प्रकाशित: १९ पुस २०७४ १३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App