१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

जाम्बियाका सेनाप्रमुख नेपाल भ्रमणमा

काठमाडौँ – अफ्रिकी मुलुक जाम्बियाका सेनाप्रमुख पल मिहोभा नेपालको साताव्यापी औपचारिक सद्भावना भ्रमणका सिलसिलामा आज राजधानी आउने भएका छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, रक्षामन्त्री भीमसेनदास प्रधानसँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ। साथै उनले प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग जंगी अड्डामा भेटवार्ता गर्ने कार्यक्रम छ। 

भ्रमणका क्रममा उनले नेपाली सेनाको विभिन्न शिक्षण संस्थाहरुको निरीक्षण गर्नुका साथै पोखरालगायत नेपालको केही महत्वपूर्ण पर्यटकीय स्थलहरुको अवलोकन गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। 

नेपाली सेनाको अधिकांश शान्ति सैनिक ‘मिशन’हरु अफ्रिकी महादेशमा नै रहेकाले अफ्रिकी महादेशकै राष्ट्र जाम्बियाको सेना प्रमुखको नेपाल भ्रमणबाट अफ्रिकी राष्ट्रहरुमा शान्ति स्थापना कार्यमा सहकार्य गर्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाइएको छ।

प्रकाशित: १९ पुस २०७४ १३:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App