१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बाघको आक्रमणबाट दुई महिला गम्भीर घाइते

बर्दिया – बाघको आक्रमणबाट बुधबार दिउँसो दुई महिला गम्भीर घाइते भएका छन्। 

दशगजा नजिकको जंगलमा घाँस काटन गएका बेला बाघको आक्रमणमा परी गुलरिया नगरपालिका–३ खैरापुरकी ४० वर्षीया मुन्नी साबुरी र ३० वर्षीया सरिता गोडिया घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। 

बाघको आक्रमणबाट घाइते दुवै महिलाको घाँटी र टाउकोमा ठूलो घाउ लागेको छ। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया लगिएको प्रहरीले जनाएको छ। 

प्रकाशित: १९ पुस २०७४ १२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App