धनकुटालाई राजधानी बनाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बुधबार, १९ पुष २०७४, १७ : ३१ नागरिक

काठमाडौँ – प्रदेश नं १ को प्रदेश प्रमुखको मुकाम र प्रदेशसभा पहिलोपटक धनकुटामा गर्न माग गर्दै धनकुटावासीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्। 

धनकुटाबाट राजधानीमा आएको सर्वपक्षीय प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझाउँदै प्रादेशिक राजधानी धनकुटालाई बनाउन माग गरेको नेपाली काँग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले जानकारी दिए। 

प्रतिनिधिमण्डलले पूर्वाधार, सामथ्र्य, सुरक्षा, सुन्दरताको खानी रहेको धनकुटालाई प्रदेशको राजधानी बनाउँदा अन्तर्राष्ट्रिय सिमाना र भौगोलिक समदूरीले पनि उपयुक्त रहेको तर्कसहित प्रदेशसभाको पहिलो बैठक गर्न निर्णय गरिदिन माग गरेको थियो। 

भेटमा प्रधानमन्त्री देउवाले पूर्वाञ्चलको क्षेत्रीय सदरमुकाम रहेको र भौतिक पूर्वाधारले सम्पन्न धनकुटालाई प्रादेशिक राजधानी बनाउन आफू सकारात्मक रहेको बताएका थिए। 

प्रतिनिधिमण्डलमा प्रादेशिक राजधानी निर्माण अभियान समितिका संयोजक उमेश घिमिरे, प्रदेशसभाका सांसदहरू इन्द्रमणि पराजुली, लीला सुब्बा, बिना राई, कुसुम कुमारी श्रेष्ठ, पूर्व सांसद मनोहरनारायण श्रेष्ठ, नेपाली काँग्रेस धनकुटाका सभापति अग्निप्रसाद पौडेल, मानवाधिकार एलाइन्सका केन्द्रीय उपाध्यक्ष विदुर सुवेदीलगायत विभिन्न पार्टीका सम्पर्क समितिका पदाधिकारी थिए। 

समितिले आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर धनकुटालाई प्रादेशिक राजधानी तोक्नका लागि सहयोग गर्न आग्रह गरेको थियो । भेटमा अध्यक्ष दाहालले उक्त मागप्रति आफू सकारात्मक रहेको बताएको सचिव राईले जानकारी दिए। 








यसमा तपाईको मत

अन्य समाचार

ओपोद्वारा नेपालमा “ए नाइन २०२०” सार्वजनिक गर्ने

ओपोद्वारा नेपालमा “ए नाइन २०२०” सार्वजनिक गर्ने

नेपालमा सार्वजनिक हुने तयारीमा रहेको “ए नाइन २०२०” कम्पनीले यही आश्विन ६ गते सार्वजनिक गर्ने घोषणा गरेको हो। ...

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार...

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार...

माछापुच्छ्रे बैंकका ग्राहकलाई छुटै छुट

माछापुच्छ्रे बैंकका ग्राहकलाई छुटै छुट

असोज महिना भरी आफ्नो सम्पूर्ण शाखाहरु मार्फत विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गर्न लागेको जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा...

उत्कृष्ट डिलरलाई टाटाको एचफाइभ

उत्कृष्ट डिलरलाई टाटाको एचफाइभ

टाटा मोटर्सद्वारा संचालित रिटेल च्याम्पियन कार्यक्रम अन्तर्गत सबैभन्दा उत्कृष्ट काम गर्ने च्याम्पियन जोनलाई सम्मान गरेको छ । ...

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफा तथा सञ्चित रकम समेतबाट बैंकका सेयरधनीलाई २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

सामसङको अफर सार्वजनिक

सामसङको अफर सार्वजनिक

सामसङले उत्सव अवसरको रुपमा ‘सामसङ आयो, खुसी छायो’ योजना सार्वजनिक गरेको छ । ...

एनआइबिएलको काउन्टर विस्तार

एनआइबिएलको काउन्टर विस्तार

नेपाल इन्भेस्टमेन्ट बैंकले भोजपुरको पौवादुङमा गाउँपालिकामा विस्तारित काउन्टरमार्फत आफ्नो कारोबार बढाएको छ । ...

Ncell Footer Ad