१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

निकुञ्जमा गाडीको ठक्करबाट चितुवाको मृत्यु

फाइल तस्विर:नागरिक

खजुरा, बाँके– बाँके राष्ट्रिय निकुन्ज क्षेत्रमा गाडीको ठक्करबाट एउटा चितुवाको मृत्यु भएको छ । नेपालगञ्जबाट प्युठानतर्फ जाँदै गरेको बा ४ ख २९७४ नंको हाइस माइक्रोबसले बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत पूर्वपश्चिम राजमार्गमा मंगलबार साँझ ठक्कर दिँदा चितुवाको घटनास्थलमै मृत्यु भएको हो । 

जिल्लाको राप्तीसोनारी गाउँपालिका–१ बाघखोरमा हाइसले चितुवालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सडक पारगर्ने बेलामा तीव्र गतिमा रहेको हाइसले चितुवालाई ठक्कर दिएको हो । 

बाक्लो हुस्सु लागेका कारण जनावरले बाटो पार गर्दा सवारीसाधनको शिकार हुने गरेका छन् । निकुञ्जले वन्यजन्तुको क्षेत्रमा सवारीसाधन सीमित गतिमा चलाउन अनुरोधसमेत गरेको छ । (रासस)

प्रकाशित: १९ पुस २०७४ ०८:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App