१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पुलिसको संघर्षपूर्ण जित

काठमाडौं– सुदूर पश्चिमाञ्चलविरुद्ध नेपाल पुलिसले   २–१ को संघर्षपूर्ण जित निकालेको दिन मंगलबार राखेप च्याम्पियनसिपअन्तर्गत महिला फुटबलको अर्काे खेलमा मध्यमाञ्चलले पूर्वाञ्चमाथि ४–० को रवाफ जमाएको छ ।
एन्फा कम्प्लेस सातोदोबाटोमा भएको पहिलो खेलमा सुदूरपश्चिमकी चन्द्रा भन्डारीले १६औं मिनेटमा गोल गर्दै पुलिस क्लबलाई दबाब दिएकी थिइन् । तर मध्यान्तरपछि उत्कृष्ट पुनरागमन गर्दै पुलिसले खेल आफ्नो पक्षमा पा¥यो । ५७औं मिनेटमा निरु थापाले गोल गर्दै खेललाई बराबरीमा ल्याउँदा ६५औं मिनेटमा निर्मला उपाध्यायले पुलिसको जित पक्का गरेकी थिइन् । 

खेलको ६८औं मिनेटमा सुदूरपश्चिमकी उषा नाथको पेनाल्टीलाई पुलिसकी किपर घिमकुमारी गुरुङले बचाउ गर्दै विभागीय टोलीको जित पक्का गरेकी थिइन् । दोस्रो हाफमा समन्वय मिल्दा जित हात परेको पुलिसका प्रशिक्षक सञ्जीव जोशीको प्रतिक्रिया थियो । पहिलो हाफमा विपक्षी टोलीले पुलिसले भन्दा राम्रो प्रदर्शन गरेको उनले स्विकारे । सुदूरपश्चिमका प्रशिक्षक डबलबहादुर थापा भने टोलीको प्रदर्शनमा सन्तुष्ट थिए । उनले आफूहरू सुपर लिग खेल्न सक्षम भए पनि मध्यपश्चिमबाट डराएको बताए । 

मंगलबारकै दोस्रो खेलमा पूर्वाञ्चललाई ४–० ले पराजित गर्दै मध्यमाञ्चलले प्रतियोगितामा पहिलो जित निकाल्यो । मध्यमाञ्चललाई छैटौं मिनेटमा अग्रटा दिलाएकी रश्मिकुमारी घिसिङले खेल सकिन ९ मिनेट बाँकी रहँदा अर्को गोल थपिन् । त्यसअघि मेनुका अधिकारीले ३२औं मिनेटमा र सविता रानामगरले ६१औं मिनेटमा गोल गरेका थिए ।

 

प्रकाशित: १९ पुस २०७४ ००:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App