१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नारायणगढको विजयी सुरुआत

चितवन- नारायणगढ क्याम्पा चौरमा सोमबारचौथो नेपाल कप फुटबल प्रतियोगितामानारायणगढ फुटबल क्लब (एनएफसी)ले विजयी सुरुआत गरेको छ। एनएफसीले रुपन्देही–११ लाई२–१ लेपराजित गरेको हो। स्थानीय टोलीका लागि सुमन श्रेष्ठ र तेजेन्द्र चौधरीले गोल गरेका थिए। रुपन्देहीबाट एकमात्र गोल सरोज थापाले गरे।

चौथो मिनेटमै रुपन्देहीका कमल थापाले एनएफसीका सुरेश कुमाललाई डीबक्सभित्र लडाएपछि एनफएसीले पेनाल्टी हान्ने अवसर पाएको हो। त्यसलाई सुमनले गोलमा परिणत गर्दैटोलीलाई अग्रता दिलाए। त्यसलाई रुपन्देहीले दोस्रो हाफको सुरुआतमै गोल गरेर बराबरीमा ल्याएको थियो। मध्यान्तरपछिको पहिलो मिनेटमै रुपन्देहीका सरोज थापाले गोल गरेका थिए। दोस्रो हाफको ३७ औं मिनेटमा एनएफसीका तेजेन्द्रले गोल गर्दैटोलीलाई विजयी गराए।

एनएफसीले बुधबार एनआरटीसँग खेल्नेछ। मंगलबार चितवनकै एभरेस्ट क्लब र रौतहट जिल्ला फुटबल संघबीच खेल हुनेछ।

तीन विभागीयसहित ११ टोलीले प्रतिस्पर्धा गर्नेप्रतियोगितामा स्पोर्टस फर अल क्लब नेपाल र राष्ट्रिय खेलकुद संघले संयुक्त आयोजना गरेका हुन्। विजेताले तीन लाख र उपविजेताले २ लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।

प्रतियोगिताकाउत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले १० हजार पुरस्कार पाउने छन्।म्यान अफ दीफाइनलले पनि १०हजार नगद पाउने छ।

'गाउँगाउँमा प्रतिभावान खेलाडीका लागि प्रतियोगिता सफल हुँदै आएको छ,' आयोजक स्पोर्टस फर अलका अध्यक्ष लोकबहादुर शाहीले भने।

प्रतियोगितामा विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबले भाग लिने छन्। काठमाडौंका एनआरटी र ब्वाइज युनियन क्लबले पनि भाग लिने छन्।

चितवनका नारायणगढ फुटवल क्लब, भरतपुर फुटबल क्लब र एभरेष्ट क्लबले भाग लिने अध्यक्ष शाहीले बताए। प्रतियोगितामा रुपन्देही ११, बीरगञ्ज युथ क्लब, रौतहट जिल्ला फुटबल संघले पनि भाग लिने आयोजक समितिले जानकारी दिएको छ।

७० सालदेखि नेपाल कप आयोजना गर्दै आएको अध्यक्ष शाहीले जानारी दिए। पहिलो प्रतियोगिता जनकपुरमा भएको थियो।

त्यस्तै दोस्रो र तेस्रो प्रतियोगिता इलामको फिक्कलमा सम्पन्न भएको उनले बताए। 'जिल्लाका गाउँ गाउँमा प्रतिभावान खेलाडीहरु हुन्छन् यस्ता प्रतियोगिताहरुले उनीहरुलाई बाहिर ल्याउन मद्धत गर्छ' अध्यक्ष शाहीले भने। प्रतियोगिता सम्पन्न गर्न २५ लाख रुपैयाँ खर्च लाग्ने उनले बताए। कुनै प्रायोजक नभेटे पनि विभिन्न निकायबाट सहयोग जुटाएर सम्पन्न गर्ने उनको भनाइ छ।

प्रकाशित: २५ श्रावण २०७३ ०३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App