१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

टाटा नेक्सनले पायो सवकम्प्याक्ट एसयूवी अवार्ड

काठमाडौं – एनडीटीभी कार तथा बाइक अवार्डस् २०१८ मा टाटा नेक्सनलाई वर्षकै उत्कृष्ट सवकम्प्याक्ट एसयूवी अवार्डले सम्मानित गरिएको छ।

यस वर्ष टाटा मोटर्सबाट सबैभन्दा महत्वपूर्ण प्रक्षेपण रहेको नेक्सन भारतको आफ्नै भुमिमा निर्माण गरिएको सव–४ मिटर एसयूवी स्पेस क्षेत्रमा लन्च हुने पहिलो मोडेल हो। यो कार छिट्टै नेपाली बजारमा पनि लन्च हुँदैछ।

टाटा मोटर्स्को प्रभावशाली डिजाइन दर्शनमा आधारित चौथो उत्पादन टाटा नेक्सनलाई टाटा मोटर्सले २१ सेप्टेम्बरमा भारतीय भूमिमा लन्च गरेको थियो । टाटा नेक्सनमा रहेका केहि भागका डिजाइनहरु ल्याण्ड रोभर मोडेलहरु, विशेष गरी रेञ्ज रोभर इभोकबाट प्रेरित  छ । कर्भ डिजाइन, पृथक स्टाईल र स्मार्ट फिचरहरुका साथ नेक्सनले कम्प्याक्ट एसयूवी स्पेशको वर्गमा नयाँ आयाम ल्याएको छ ।

स्टाईलिङ्ग डुअल कलर विकल्पमा उपलब्ध यस कारमा भएका केहि नवीन र चाख लाग्दो स्टाईल तत्वहरुले नेक्सन कारको लुक्स् र शोभा अझ बढाएको छ । प्रोजेक्टर हेडल्याम्पस्, एलइडी डे टाइम हेडल्याम्प र एलइडी टेलल्याम्प तथा १६ ईन्च एलोय ह्विल कारका महत्वपूर्ण विशेषताहरु हुन्।

कारको क्याबिनमा रहेको उच्चस्तरीय इन्टेरिएर, उत्कृष्ट फिट र फिनिसका साथै सर्वोत्कृष्ट ड्यासबोर्डले यस कारलाई थप आकर्षित बनाएको छ । यस कारको दुई मुख्य विशेषता भनेकै यसमा रहेको ड्यास टप एच् डी इन्फोटेन्मेन्ट डिस्प्ले र मल्टी–ड्राईभिङ्ग मोड सिस्टम रहेको छ।

प्रकाशित: १८ पुस २०७४ १३:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App