१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पले रोकेपनि पाकिस्तानलाई चीन र साउदीको सहयोग

इस्लामावाद – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आर्थिक सहयोग रोक्ने निर्णयले पाकिस्तानलाई कुनै असर नपर्ने भएको छ। किनकी अमेरिकाले सन् २०१० देखि निरन्तर सैन्य सहयोगमा कटौती गर्दै आइरहेको छ।

अर्को तर्फ चीन र साउदी अरबले पाकिस्तानमा लगानी बढाइरहेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पछिल्लो समय चीन पाकिस्तानको ठूलो सहयोगी बन्दै आइरहेको छ र लगातार लगानी बढाइरहेको छ। चीनका अलावा साउदी अरब पनि पाकिस्तानका लागि दोस्रो ठूलो सहयोगी हो। कैयौ परियोजनामा अनुदान दिँदै आएको छ।

निरन्तर घटिरहेको छ अमेरिकी सहयोग

अमेरिकाले २००९/११ को हमलापछि पाकिस्तानलाई दिँदै आएको आर्थिक सहयोगमा कटौती सुरु गरेको थियो। २०१० सम्म ४.५ अर्ब डलर दिँदै आएको अमेरिकाले २०१६ सम्ममा ७९४ लाख डलरमा झार्यो। २००२ देखि २००९ सम्म वार्षिक २.२ अर्ब डलर दिँदै आएकोमा २०१० मा ४.५ अर्ब डलर दियो। तर, २०१६ मा घटेर ७९४ लाख डलरमा आइपुग्यो।

कुल सहयोगको तथ्यांकलाई हेर्ने हो भने अमेरिकाले २०१० मा पाकिस्तानलाई १.२४ अर्ब डलर दिएको थियो। २०१६ सम्म आइपुग्दा घटेर ३१६ लाख डलरमा आइपुग्यो।

यस्तो बेला ट्रम्पले पाकिस्तानलाई वार्षिक रुपमा दिइँदै आएको २२५ लाख डलर रोक्ने निर्णयले इस्लामावादलाई कुनै असर गर्नेछैन्। पाकिस्तानले अमेरिकाबाट सन् १९४८ देखि नै आर्थिक सहयोग पाउँदै आएको छ। जसमा आधाभन्दा बढी सैन्य सहयोग छ।

प्रकाशित: १८ पुस २०७४ १३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App